बर्दिया प्रहरीले जबरजस्ती करणी मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको जनाएको छ । उच्च अदालत तुल्सिपुर नेपालगंज ईजलासले ४ चैत्र २०७६ मा जबरजस्ती करणी मुद्दामा ४ बर्ष ७ महिना ७ दिन कैद सजाय फैसला सुनाएका बढैयाताल गाउँपालिका वडा नं. ३ का आकाश थारुलाई पक्राउ गरी अदालतलाई बुझाईएको प्रहरीले जनाएको छ ।
थारुलाई ईलाका प्रहरी कार्यालय मैनापोखर बर्दियाका प्रहरी निरीक्षक धर्मराज जोशीको कमाण्डमा खटिएको प्रहरी टोलिले असार १६ गते लुकीछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
१८ असार २०७८, शुक्रबार १३:११ प्रकाशित