बाँके प्रहरीले दुर्लभ वन्यजन्तु पाटेबाघको छाला ओसारपसार गर्ने दुईजनालाई नियन्त्रणमा लिएको छ ।
बिहिबार दिउँसो अन्दाजी १:४५ बजेको समयमा बैजनाथ गाउँपालिका वडा नम्बर ४, तिलकपुरस्थित भित्री सडकबाट २ थान दुर्लभ वन्यजन्तु पाटेबाघको छालासहित मेललेख गाउँपालिका ३, दर्पा अछामका २७ बर्षिय डम्बर बुढा र रामारोसन गाउँपालिका ५, अछामका ३५ बर्षिय नन्दु बुढालाई नियन्त्रणमा लिएको बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसुदन न्यौपानेले जानकारी दिए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पाटेबाघको छाला ल्याइरहेको भन्ने विशेष सूचनाका आधारमा बाटोमा पैदल हिडिरहेका उनिहरुलाई रोकी उनीहरुले बोकेको झोला खानतलासी गर्दा उक्त छाला बरामद भएको डिएसपी न्यौपानेले बताए ।

अन्दाजी ८ देखि १० बर्ष उमेरका र अन्दाजी ७ फिट लम्बाई भएका दुबै बाघहरु भाले जातीका भएको उनले जानकारी दिए । थप अनुसन्धान र आवश्यक कारबाहीका लागि छालासहित उनिहरुलाई डिभिजन वन कार्यालय बाँकेमा पठाउने प्रक्रिया सुरु गरेको प्रहरीले जनाएको छ ।
उक्त बाघको छाला र व्यक्तिहरुलाई इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी रवीन्द्र खनालको नेतृत्वको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
१७ असार २०७८, बिहीबार १७:१२ प्रकाशित