फाईल तस्बिर ।
दाङ प्रहरीले तास खालबाट पाँच जनालाई नियन्त्रणमा लिएको छ । तुलसीपुर उप-महानगरपालीका वडा नं. ८ कटकुईयास्थित विष्णु प्रसाद शर्माको घरमा जुवातास खेलीरहेको अवस्थामा प्रहरीले एक लाख ९ हजार ४७० नगद सहित पाँच जनालाई नियन्त्रणमा लिएको जनाएको छ ।
मंगलबार राती ११ बजेको समयमा जिल्ला प्रहरी कार्यालय घोराहीका प्रहरी निरिक्षक झलक प्रसाद शर्माको कमाण्डमा खटिएको प्रहरी टोलीले जुवा खालमा छापा मारेको थियो । त्यस क्रममा तुलसीपुर उप-महानगरपालीका वडा नं. ९ बेलुवा बस्ने ३० वर्षका समिर के.सी., सोही ठाँउका ४३ वर्षिय केशव बि.क., कटकुईयाका ३३ वर्षिय ईश्वरी प्रसाद भुषाल, २७ वर्षिय दुर्गा प्रसाद डांगी र ३७ वर्षिय सुनक चौधरीलाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कर्यालय दाङले जनाएको छ ।
प्रहरीका अनुसार पक्राउ परेका पाँचै जना माथी आवश्यक अनुसन्धान तथा कारबाही प्रक्रिया अगाडी बढाईएको छ ।
१६ असार २०७८, बुधबार १७:२३ प्रकाशित