स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद
  • काँचुली खबर

बाँके प्रहरीले स्कुटरको डिक्कीबाट चितुवाको छाला बरामद गरेको जनाएको छ । बुधबार जिल्ला प्रहरी कार्यालय बाँकेमा पत्रकारहरुको भेटघाटका क्रममा बाँके प्रहरी प्रवक्ता डिएसपी मधुसूदन न्यौपाने चितुवाको छालासहित २ जनालाई नियन्त्रणमा लिएको जनाएका हुन ।

असार १५ गते बाँकेको राप्तीसोनारी गाउँपालिका १ कुशुम बजारबाट प्रहरीले घोराही उपमहानगरपालिका ९ का ३२ वर्षिय सन्तोष कुँवर र भैरवी गाँउपालिका ३ दैलेखका १९ वर्षिय जितेन्द्र शाहीलाई चितुवाको छालासहित नियन्त्रणमा लिएको हो ।

प्रवक्ता न्यौपानेका अनुसार पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको अवस्थामा कुँवरले चलाएको रा४प ६५०४ नम्बरको स्कुटर चेकजाँच गर्ने क्रममा डिक्कीभित्र कालो झोलामा राखीएको ३ फिट ३ ईन्च लामो चितुवाको छाला बरामद गरीएको हो ।

करीब ३० लाख मुल्यमा उक्त छाला किनबेच हुन लागेको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम पक्राउ परेका दुबैजनालाई नगद रु ५ लाख देखी १० लाखसम्म जरिवाना र ५ देखी १५ वर्षसम्म कैद सजाय वा दुबै हुनसक्ने ब्यवस्था रहेको छ ।

  • १६ असार २०७८, बुधबार १५:०९ प्रकाशित
  • Nabintech