राप्ती गाउँपालिकाका अध्यक्ष विरुद्ध पक्राउ पुर्जी जारी
  • काँचुली खबर

दाङको राप्ती गाँउपािलकाका अध्यक्ष बिरुद्ध अदालतले पक्राउ पुर्जी जारी गरेको छ । देउखुरी जिल्ला अदालतले राप्ती गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीसहित २० जना विरुद्ध पक्राउ पूर्जी जारी गरेको हो । उनिहरुले सहकारी संस्थाको रकम हिनामिना गरेको अरोप छ ।

देउखुरी बचत तथा ऋण सहकारी संस्थाको ५ करोड बढि रकम हिनामिना गरेको अरोपमा गाउँपालिका अध्यक्ष सुवेदीसहित २० जनालाई पक्राउ गर्न अदालतले आदेश गरेको हो ।

३५ दिने पक्राउ पूर्जी जारी गरेको अदालतले यो बीचमा पनि पक्राउ गरेर अदालतमा हाजिर नगराए घरमै म्याद टाँगिने आदेश दिएको अदालतका श्रेस्तेदार धनसिंह गिरीले बताए ।

सहकारीको रकम हिनामिना गरेको आरोमा यसअघिनै ४ जना कर्मचारीलाई अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश गरेको थियो ।

पक्राउ परेका पाँच जना मध्ये एक महिलालाई भने साधारण तारेखमा छोड्न अदालतले आदेश दिएको थियो । कर्मचारी र पदाधिकारीहरुसहित २५ जना विरुद्ध अदालतमा मुद्दा परेको छ ।

  • १६ असार २०७८, बुधबार १२:३३ प्रकाशित
  • Nabintech