प्युठानका एकसहित थप तीन संक्रमितको मृत्यु
  • काँचुली खबर

फाइल फोटो

बाँकेमा थप तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाँकेको नेपालगन्जमा रहेको भेरी अस्पतालमा उपचाररत उनिहरुको आज बिहान मृत्यु भएको हो । मृत्यु हुनेमा प्युठान, दाङ र दैलेखका एक/एकजना रहेका छन ।

जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार, झिमरुक गाउँपालिका ३, प्युठानका ३८ बर्षिय पुरुषको आज बिहान १:०० बजे, घोराही उपमहानगरपालिका ११, दाङका ६८ बर्षिय पुरुषको बिहान २:३५ बजे र आठबिस नगरपालिका ४, दैलेखका ७४ बर्षिय पुरुषको बिहान ३:१५ बजे भेरी अस्पतालमा मृत्यु भएको हो ।

बाँकेमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउने संख्या ६७१ पुगेको छ । मृत्यु भएका मध्ये, ३१० जना बाँके जिल्लाका हुन भने ३६१ जना बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आएका हुन ।

  • १४ असार २०७८, सोमबार ०७:४९ प्रकाशित
  • Nabintech