सामाजिक उत्तरदायित्व निभाउँदै जिवन ज्योती स्कुल
  • काँचुली खबर

जिवन ज्योती स्कुल कोहलपुरले मेचि महाकालि बुहारी संयुक्त आवाज बाँकेले सञ्चालीत कोभिड कोरोना राहात कोषमा २५ बोरा चामल सहयोग गरेको छ । मेचि महाकाली बुहारी संयुक्त आवाजले बिपन्न तथा एकल महिला, हिंसामा परेका महिला तथा बालबालिकाकालागि सहयोग पु¥याउदै आएको छ ।

मेचि महाकाली बुहारी संयुक्त आवाजकी बाँके संयोजक उर्मिला अधिकारी पाण्डेले बिभिन्न सहयोगी सघ संस्था, बिद्यालयहरुबाट राहत संकलन भईरहेको बताउँदै संकलित राहत महिला र बालबालीकाको सहयोगका लागि खर्च गरिने जानकारी दिईन ।

कोहलपुर १० मा रहेको जिवन ज्योती स्कुलले यसअघि बिभिन्न राहत कोष तथा कोहलपुर नगर पालिकाको सामाजिक बिकास समिती मार्फत लाखौ मुल्यको खाद्य समाग्री, स्वाथ्य समाग्री एंव पोषण युक्त खाना बितरण गरेको स्कुलका लेखा प्रमुख कल्याण तिमल्सेनाले जानकारी दिए ।

स्कुलका प्रिन्सीपल फादर जोमन जेम्सले स्कुलले गुणस्तरीय शिक्षाका साथ साथै बिपन्नहरुकालागि बिभिन्न खाले सहयोग गर्दै आएको बताए । स्थपनाको छोटो समयमा गुणस्तरीय शिक्षाका लागि अव्वल ठहरीएको जिवन ज्योती स्कुलले समाजिक क्षेत्रमा पनि उत्तिकै अग्रसरता देखाउने गरेको छ ।

कोहलपुरमा सञ्चालीत कोरोना खाद्य बैकमा ५० बोरा चामल, माओवादी केन्द्रद्धारा सञ्चालीत कोरोना राहात कोषमा ३० बोरा चामल, कोहलपुर मेडिकल कलेजमा सञ्चालीत सहुलियत खाना खुवाउने कार्यक्रममा दाल तथा गेडागुडी, समाज सेवा संस्था कोहलपुर १४ हल्दारपुर मार्फत पटक पटक गरी ८० बोरा चामल, कोहलपुर नगरपलिका समाजिक बिकास शाखा मार्फत १ सय ५० बोरा चामल, १२० बृद्धबृद्धा तथा बालबालीकालाई पौष्टीक आहार तथा स्वाथ्य सुरक्षा समाग्री, माईती नेपाल मार्फत २० परिवारलाई खाद्य समग्री, कोहलपुर नगरपालिकाद्धारा सञ्चालीत कोभिड अस्पतलालाई पिपिई, अक्सीजन, स्वाथ्य समाग्री, ईलाका प्रहरी कार्यालय कोहलपुरलाई माक्स सेनेटाईजर र बिद्यालयका ३ सय ३० जना बिपन्न अभिभावकहरुलाई समेत खाद्यान्न सामग्री वितरण गरीएको स्कुलले जनाएको छ ।

जिवन ज्योती स्कुलद्धारा राहत कोषलाई खाद्यान्न सहयोग

प्रहरी र खाद्य बैंकलाई स्वास्थ्य सामग्री तथा खाद्यान्न वितरण

कोभिड प्रभावित बृद्ध तथा बालबालिकालाई पोषणयुक्त खाद्य तथा स्वास्थ्य सामग्री वितरण

जिवन ज्योतीद्धारा खाद्यान्न तथा स्वास्थ्य सामग्री सहयोग

  • १३ असार २०७८, आईतवार १८:२३ प्रकाशित
  • Nabintech