अमेरिकी राज्य न्यु मेक्सिकोमा शनिबार बिहानै एउटा हट एअर बलुन दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
बिजुलीको पोलसँग ठोक्किएको केही बेरपछि उक्त दुर्घटना भएको थियो ।
अधिकारीहरुका अनुसार १०० फिट माथि पुगेपछि बलुन र मानिस रहेको बास्केट छुट्टिएको थियो ।
सो क्रममा भुइँमा बजारिएर घटनास्थलमै ५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
न्यु मेक्सिकोको अल्बुकर्कीमा रहेको बिजुलीमा बलुन ठोक्किँदा केहीबेर १३ हजार मानिस बसोबास गर्ने सो क्षेत्रमा विद्युत आपूर्तिसमेत बन्द भएको थियो ।
१३ असार २०७८, आईतवार १७:१३ प्रकाशित