सहकर्मीलाई चुम्बन गरेर चर्चामा आएका बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यानककले राजीनामा दिएका छन् ।
ह्यानककले शनिबार प्रधानमन्त्री बोरिस जोन्सनलाई राजीनामा बुझाएका हुन् । तीन जना सन्तानका पिता समेत रहेका ह्यानकक र जीन कोलेड्यानजेलोबीच चुम्बनको तस्बिर द सन पत्रिकाले शुक्रबार छापेको थियो ।
वर्गीकृत विज्ञापन
निर्माणका लागि
“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : ९८५६०३९६०२
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
मन्त्रीले नै कोरोनाको महामारीमा सामाजिक दूरी तोडेपछि चौतर्फी विरोध भएको थियो । ४२ वर्षीय ह्यानककले ट्विटरमा भिडियो पोस्ट गर्दै नियमहरू जसले बनाए पनि ती कानुन कडाइका साथ पालना गर्नुपर्ने भएकोले आफूले राजीनामा दिएको बताएका छन् ।
स्वास्थ्यमन्त्रीका रूपमा तीन वर्ष काम गरेका ह्यानककले आफ्नो राजीनामा पत्रमा नियम तोडेकोमा बारम्बार माफी मागेका छन् ।
१३ असार २०७८, आईतवार १६:४० प्रकाशित