बाँकेमा कोरोना संक्रमण ओरालो लागेको छ । आइतबार बाँकेमा थप ४ जनामा कोरोना संक्रमण देखिएको छ । ती बाहिरी जिल्लाका नागरिक हुन । आज बाँकेका कुनैपनि व्यक्तिमा संक्रमण देखिएको छैन ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका दुईवटा ल्याबमा परिक्षण गरिएका ६५ नमुना मध्ये, ४ जनामा कोरोना संक्रमण देखिएको हो । ती सबै बाहिरी जिल्लाका हुन ।
मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका १६ नमुनामा ० र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ४९ नमुनामा ४ गरी जम्मा ४ जनामा कोरोना संक्रमण देखिएको हो । भेरी अस्पतालको नतिजा भने सार्वजनिक भएको छैन ।
हालसम्म बाँके भित्रका कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ४२६ पुगेको छ ।
आज बाँकेका थप ५ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १७ हजार ६९ पुगेको छ । अब बाँके जिल्लाको कुल सक्रिय संक्रमितको संख्या ४७ रहेको छ ।
हालसम्म बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६८ पुगेको छ । मृत्यु भएका मध्ये ३१० जना बाँके जिल्लाका हुन भने ३५८ जना बाहिरी जिल्लाका हुन ।
१३ असार २०७८, आईतवार १६:२८ प्रकाशित