फाइल फोटो
बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचाररत थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन समितिका फोकल पर्सन तेज ओलीका अनुसार दैलेखका एक पुरुष र दाङकी एक कोरोना संक्रमित महिलाको उपचारका क्रममा भेरी अस्पताल नेपालगन्जमा मृत्यु भएको हो ।
उनका अनुसार, डुंगेश्वर गाउँपाल्का ६, दैलेखका ७८ बर्षिय पुरुषको गएराती ११:३० बजे र तुलसीपुर उपमहानगरपालिका १७, दाङकी ६३ बर्षिया महिलाको आज बिहान ११:०० बजे मृत्युु भएको हो ।
योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६६८ पुगेको छ । मृत्यु भएका मध्ये ३१० जना बाँके जिल्लाका हुन भने ३५८ जना बाहिरी जिल्लाका हुन ।
१३ असार २०७८, आईतवार १३:५६ प्रकाशित