नेकपा माओवादी केन्द्र कोहलपुर कमिटिद्वारा सिन्धुपाल्चोकको हेलम्बु र मेलम्चीको लागि १ लाख बढि सहयोग गरेको छ ।
शुक्रबार कोहलपुरमा एक आनौपचारीक कार्यक्रम गरी सिन्धुपाल्चोक जिल्लामा रहेको नेकपा माओवादी केन्द्रले सञ्चालन गरेको विपत कोषमा कोहलपुर नगर कमिटिले १ लाख १० हजार बराबरको राहत रकम सहयोग गरेको हो । कोहलपुर नगर कमिटिका अध्यक्ष तुलाराज विष्ट विहानीले विपदमा परेका परिवारका लागि सहयोग गर्नका लागि नेकपा माओवादी केन्द्रले सहयोग गरेको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
उनका अनुसार कोहलपुरमा रहेका नेकपा माओवादी केन्द्रमा रहेका सदस्य र अन्य आवद्ध सदस्यहरुले सहयोग गरी उक्त रकम चेक मार्फत उपलब्ध गरिएको विष्टले बताए ।
यस्तै नेकपा माओवादी केन्द्रका प्रदेश कमिटि सदस्य नरेन्द्र न्यौपानेले विपद्मा परेका र अलपत्र परेका व्यक्तिहरुलाई निरन्तर सहयोग कार्यक्रम गर्दै आइरहेको बताए । उनका अनुसार अहिले माओवादी केन्द्रले कोहलपुरमा मात्र नभई देशभरी नै अभियान सञ्चालन गरी सहयोग गरिरहेको बताए ।
“कोहलपुरका १५ वटै वडाका विपन्न र अपाङ्ग र असहायका लागि राहत कोष स्थापना गरी चामल दाल तथा अन्य खाद्यान्नका साम्रगीहरु वितरण गरीसकेका छौ” उनले भने “अझै पनि बाँकी रहेका अन्य कोरोनाबाट खानाको लागि समस्या भएका व्यक्तिहरुलाई सम्पर्कका लागि अनुरोध समेत गरेका छौ ।” कोभिड १९ बाट संक्रमति भएका व्यक्तिहरुका परिवारको घरमा र मृतकका परिवारका घरघरमा गई राहत वितरण गरेको न्यौपानेको भनाई थियो ।
यस्तै कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला कार्यालय सदस्य रेनुका खड्का (सामना), नेकपा माओवादी केन्द्र नगर सचिव बल बहादुर खड्का (अविरल), नेकपा माओवादी केन्द्रका जिल्ला कमिटि सदस्य नरेश पौडेल लगायतको उपस्थित रहेको थियो ।
कोहलपुर ३ का नेता पदम के.सीको ५० हजार सहयोग पछि राहत कोष शुभारम्भ गरिएको हो ।
११ असार २०७८, शुक्रबार १६:४८ प्रकाशित