गण्डकीमा दुई मन्त्रालय पाउनुपर्ने अडान राख्दै आइरहेको जनता समाजवादी पार्टी (जसपा) अर्थ मन्त्रालय छोड्न तयार भएको छ । राष्ट्रिय राजनीतिको मर्म अनुसार अर्थ मन्त्रालय छोड्न तयार रहेको दलले जनाएको छ ।
मन्त्रालयकै विवादका कारण गठबन्धनमा समस्या आउन लागेको भन्दै जसपाका विनाविभगीय मन्त्री हरिशरण आचार्यले अर्थ मन्त्रालयको दाबीबाट पछि हटेको बताए । उनले मन्त्रिमण्डल विस्तार र मन्त्रालय टुंग्याउन नसक्नुमा काँग्रेस र नेकपा माओवादी केन्द्र जिम्मेवार रहेको बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
असार ४ मा विश्वासको मत लिनुअघि मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले अर्थसहित दुई मन्त्रालय जसपालाई दिने सहमति गरेका थिए । सहमति अनुसार अर्थ मन्त्रालय जसपाले पाउनुपर्ने हो । तर, अहिले आएर अर्थ मन्त्रालय दिन नसक्ने भनेपछि उत्पन्न विवादका कारण मन्त्रीहरुको कार्यविभाजन रोकिएको छ ।
काँग्रेसमा मन्त्रीका आकांक्षी धेरै भएपछि केन्द्रको मुख ताकिएको छ । केन्द्रको सल्लाह लिन मुख्यमन्त्री पोखरेल काठमाडौं आएर फर्केका छन् । काँग्रेसबाट थप २ मन्त्री थपिने भएका छन् । त्यसका लागि दर्जन बढी सांसद्को दाबी छ ।
प्रदेशभित्र मन्त्रिमण्डल विस्तार र मन्त्रालय तय गर्न नसकेपछि मुख्यमन्त्री पोखरेल र विना विभागीय मन्त्री कुमार खड्का शीर्ष नेतालाई भेट्न काठमाडौं पुगेका थिए । काँग्रेस सभापति शेर बहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र जसपाका संघीय परिषद् अध्यक्ष डा। बाबुराम भट्टराईलाई भेटेर उनीहरु पोखरा फर्केका छन् ।
१० असार २०७८, बिहीबार १४:४२ प्रकाशित