औषधि व्यवसायी संघको रक्तदानमा ४८ पिन्ट रगत संकलन
  • काँचुली खबर

नेपाल औषधि व्यवसायी संघ बाँकेले आफ्नो ४८ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । बुधबार नेपालगन्जमा सम्पन्न रक्तदान कार्यक्रममा ४८ पिन्ट रगत संकलन भएको बाँके शाखाका महासचिव जीवन शर्माले जानकारी दिए ।

संघका केन्द्रिय सदस्य कृष्ण रोकायको प्रमुख आतिथ्य तथा प्रदेश वरिष्ठ उपाध्यक्ष अभय बस्नेतको आतिथ्यमा सञ्चालन भएको कार्यक्रममा शाखा अध्यक्ष बसन्त शर्माले रक्तदानमा सहभागी सबै रक्तदाताहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

बुधबार रक्तदान गरेको संघको स्थापना दिवसका अवसरमा बिहीबार नेपालगन्जमा विचार गोष्ठीको आयोजना समकेत गरेको महासचिव शर्माले जानकारी दिए ।

  • १० असार २०७८, बिहीबार ०८:३८ प्रकाशित
  • Nabintech