एक्सपर्ट एजुकेशनद्धारा बैजनाथ स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटर सहयोग
  • काँचुली खबर

 

एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिस प्रा.लि. ले बाँकेको बैजनाथ गाँउपालिकालाई अक्सिजन कन्सन्ट्रेटर (अक्सिजन उत्पादन गर्ने मेसिन) उपलब्ध गराएको छ । बुधबार बैजनाथ गाँउपालिका अन्तर्गतको प्राथमिक स्वास्थ्य केन्द्रलाई एक थान अक्सिजन कन्सन्ट्रेटर उपलब्ध गराईएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

देशब्यापी रुपमा विभिन्न स्वास्थ्य चौकीहरुलाई स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको एक्सपर्ट एजुकेशनले बाँकेको बैजनाथ गाँउपालिकालाई एक थान अक्सिजन कन्सन्ट्रेटर सहयोग स्वरुप उपलब्ध गराएको एक्सपर्ट एजुकेशन नेपालगन्ज शाखाका प्रवन्ध निर्देशक सुनिल खड्काले जानकारी दिए ।

बैजनाथ गाँउपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, बैजनाथ स्वास्थ्य चौकीका प्रमुख लक्ष्मणराज शाही, स्वास्थ्य चौकीका चिकित्सक माधव पौडेल लगाएको उपस्थितीमा बुधबार अक्सिजन कन्सन्ट्रेटर हस्तान्तरण गरीएको बताउँदै खड्काले कोरोना महामारीका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस भन्ने उद्धेश्यले देशभरका ५० स्वास्थ्य चौकीलाई अक्सिजन कन्सन्ट्रेटरसहितका स्वास्थ्य सामग्री वितरण गरीएको जानकारी दिए ।

एक पटकमा २ जना बिरामीलाई अक्सिजन दिन मिल्ने अक्सिजन कन्सन्ट्रेटरले आफै अक्सिजन उत्पादन गर्ने भएकाले महामारीम यो बढि प्रभावकारी हुने बैजनाथ गाउँपालिका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माले बताइन् । कोभिड संक्रमणको दोस्रो लहर चरम उतसर्गमा पुग्दा अक्सिजन अभावमा नागरिकले झेल्नुपरेको समस्या स्मरण गर्दै उनजले आगामी दिनमा पालिका अन्र्तगतका नागरिकको स्वास्थ्य उपचारमा अब केही भएपनि सहजता पुग्ने विश्वास व्यक्त गरिन् । वैजनाथ स्वास्थ्य चौकीमा कार्यरत चिकित्सक माधव पौडेलले यस प्रकारका स्वास्थ्य उपकरणहरु महामारीकासाथै अन्य समयमा समेत बिरामीको उपचारकालागि बढि प्रभावकारी हुने बताउँदै आगामी दिनमा अक्सिजन अभावबाट अकालमा कुनै पनि प्रकारका विरामीको ज्यान जोगाउन मद्दत पुग्ने बताए ।

  • ९ असार २०७८, बुधबार १३:४४ प्रकाशित
  • Nabintech