कोरोना संक्रमणको महामारीका कारण बजार व्यवसाय बन्द हुँदा सरकारले असार २५ गतेसम्म कर तिर्न आग्रह गर्दै सूचना जारी गरेपछि यहाँका उद्योगी व्यवसायीहरु चिन्तित भएका छन् ।
उक्त कार्यको विरोध गर्दै मंगलबार नेपालगन्ज उद्योग वाणिज्य संघले सांकेतिक दवाव मूलक कार्यक्रमको आयोजना गरेको महासचिव चिरञ्जीवी ओलीले बताए ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
निषेधाज्ञा जारी राखी नेपाल सरकारको कर दाखिला गर्ने असार २५ को म्याद अव्यवहारिक भएकोले म्याद थप, ब्यबसायीहरूलाई कोरोना विरुद्धको भ्याकसीन माग, मौद्रिक नीति मार्फत बैंक ब्याज छुट, कोरोनाको संक्रमण घटेसँगै लकडाउन हटाउनु पर्ने, सिमानाका ब्यबस्थित गर्नुपर्ने लगायतका अगाडी सारेर बिरोध प्रदर्शन गरेका हुन ।
नेपालगन्ज उद्योग वाणिन्जय संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरीले व्यवसायीका माग सुनुवाई गर्न सरकारसँग माग गरेका छन् ।

निरन्तरको लकडाउनका कारण निजीक्षेत्र पलायन हुने अवस्था सिर्जना भएको बताउँदै अध्यक्ष मन्सुरीले त्यसलाई उकास्ने कार्यमा ध्यान दिन माग गरे । निर्वतमान अध्यक्ष नन्दलाल बैश्यले व्यवसायीक क्षेत्रलाई थप क्रियाशिल बनाउनतिर सरकार लाग्नुपर्नेमा जोड दिएका छन् ।
८ असार २०७८, मंगलवार १८:३९ प्रकाशित