बैजनाथले ल्यायो ‘एकल पुरुष भत्ता कार्यक्रम’
  • काँचुली खबर

बाँकेको बैजनाथ गाँउपालिकाले ६० बर्ष उमेर पुरा भएका एकल पुरुषहरुलाई सामाजिक सुरक्षा भत्ता कार्यक्रम अन्तरगत एकल पुरुष भत्ता कार्यक्रम सञ्चालनमा ल्याउने भएको छ ।

बैजनाथ गाउँपालिकाको सोमबारको नियमित गाउसभामा पालिकाका अध्यक्ष मानबहादुर रुचाल ठकुरीले प्रस्तुत गरेको आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रममा ६० बर्ष उमेर नाघेका एकल पुरुषलाई गाउपालिकाले सामाजिक सुरक्षा भत्ता दिनेगरी कार्यक्रम सञ्चालनमा ल्याउन लागेको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसैगरी उच्च शिक्षा पढ्न चाहने छात्राहरुलाई छात्रबृद्धी उपलब्ध गराईनुको साथै शिक्षामा प्रविधि जोड्ने उद्देश्यले प्रधानाध्यापकलाई कम्प्यूटर शिक्षा र ल्यापटप उपलब्ध गराउने, नमूना विद्यालय निर्माणको पूर्वाधार तयार गर्ने, शिक्षक अनदाना कार्यक्रम लागू गर्ने नीति तथा कार्यक्रममा समेटिएको छ ।

कोरोना कहरबाट प्रभावित परिवार जसले कोभिड-१९ बाट ज्यान गुमायो उनीहरुका परिवारलाई आर्थिक सहयोग गर्ने । प्रकोप व्यवस्थापन कोष निर्माण गर्ने, निकुञ्ज परिसरमा हुने मानविय क्षतिलाई विपद सरह मानेर राहत तथा क्षतिपूर्ती दिनेलगायतका कार्यक्रम रहेका छन् ।

प्रस्तुत नीति तथा कार्यक्रममा पूर्वाधार विकास, कृषि, पशु, पर्यटन घरेलु तथा साना उद्योग, सहकारी, बालबालिका, महिला, अपाङगता, दलित आदीवासी जनजाती अल्पसंख्यक, जेष्ठ नागरिक युवा, खानेपानी तथा सरसफाई, स्वास्थ्य, धर्म संस्कृती, शिक्षा, वन वातावरण तथा विपत व्यवस्थापन, सार्वजनिक सेवा शुसासन तथा क्षमता विकास, विधायन तथा वित्तीय अनुशासन लगायतका महत्वपुर्ण क्षेत्र समेटेको छ ।

गाउपालिकाका उपाध्यक्ष शारदा रेग्मी विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको सो गाउसभामा प्रस्तावित नीति तथा कार्यक्रम बारे अषाढ ९ गते ३ बजेबाट दफाबार छलफल गरिने गरी तयारी भएको प्रमुख प्रशासकिय अधिकृत दानबहादुर ऐडीले जानकारी दिए ।

  • ८ असार २०७८, मंगलवार १५:२४ प्रकाशित
  • Nabintech