जापानको ‘सुसाइड फरेस्ट’, जहाँ पुगेका कोही फर्किदैनन्
  • काँचुली खबर

यो संसार धेरै नै सुन्दर छ । मानिस यहाँ आफ्नो जीवनको पूर्णकाल जीउन चाहन्छ । तर फेरि पनि संसारका कतिपय स्थानहरु रहस्यमयी छन् । आउनुहोस् यस्तै एक स्थानका बारे चर्चा गरौं ।

जपानको ऐकिगहारा जंगल प्राकृतिक रुपमा सुन्दर भएपनि यसले मानिसको ज्यान लिइरहेको छ । सुसाइड फरेस्टका नामले कुख्यात यो जंगलमा गएका कोही पनि नफिर्किएको बताइएको छ ।

यो जंगलमा ठूलो संख्यामा मानिसहरु आएर आत्महत्या गर्ने गरेकाले यस जंगललाई सुसाइड फरेस्ट अर्थात आत्महत्याको जंगल भन्ने गरिन्छ । यो जंगल जापानको फूजी पर्वतको समथर भू-भागमा ३० वर्ग किलोमिटर क्षेत्रमा फैलिएको छ ।

हिमाली गुफायुक्त त्यहाँको जंगलमा हरेक वर्ष करीब १०० जना मानिसहरुले आत्महत्या गरिसके । जापानको लोककथाहरुमा जंगलमा भूत-प्रेतको छाया परेको बताइन्छ । जंगलमा पहेली रंगकी महिला भूतले सेतो गाउन लगाएर लामालामा कपाल छोडेको देखिने गरेको लोकोक्ती छ । यहाँ कुनै पनि मोबाइलले काम गर्दैन ।

  • ८ असार २०७८, मंगलवार १४:५९ प्रकाशित
  • Nabintech