एक महिने आधारभुत पत्रकारिता तालिम सुरु
  • काँचुली खबर

बाँकेको नेपालगन्जमा एक महिने आधारभुत पत्रकारीता तालिम सुरु भएको छ । कोरोना महामारीबाट थलिएको बाँकेमा लामो समयको अन्तरालमा सोमबारबाट पत्रकारीता तालिम सुरु भएको हो ।

नेपालगन्ज उपमहानगरपालिकाको आर्थिक सहयोगमा नेपाल पत्रकार महासंघ बाँके शाखाले एक महिने आधारभुत पत्रकारीता तालिम सुरु गरेको महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

सोमबारबाट महासंघको हलमा सुरु भएको तालिमको उद्घाटन गर्दै नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्सेर राणाले पत्रकार महासंघसँग समन्वय गर्न पाएकोमा खुसी ब्यक्त गरेका थिए । उनले राज्यको अभिन्न अंगको रुपमा रहेको संचारक्षेत्रमा क्षमतावान ब्यक्तिको आवश्यकता सधै खड्कीरहने भन्दै एक महिने पत्रकारीता तालिमबाट उत्कृष्ट पत्रकार उत्पादनकालागि आधार तय हुनेसक्ने विश्वास ब्यक्त गरे ।

साथै आगामी दिनमा समेत उपमहानगरपालिकाले एड्भान्स खालको पत्रकारीता तालिमकालागि पत्रकार महासंघसँग समन्यव गर्ने राणाले प्रतिवद्धता समेत जनाएका छन ।

महासंघ बाँकेका अध्यक्ष दामोदर भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिका वडा नं. ३ का अध्यक्ष मोहम्मद अयुब सिद्दिकी, ४ का अध्यक्ष मोहम्मद सफिक बेहना, तालिम संयोजक शंकर खनाल, शाखा उपाध्यक्ष संगिन शर्मा, करुणा शाह, सचीव कमल डाँगी लगायतको उपस्तिथि थियो ।

एक महिनासम्म महासंघको हलमा संचालन हुने तालिममा ३५ जनाको सहभागिता रहेको महासंघ बाँकेका सचिव कमल डाँगीले जानकारी दिए ।

  • ७ असार २०७८, सोमबार १७:५७ प्रकाशित
  • Nabintech