अँग्रेजी माध्यमको नाममा शुल्क नउठाउन नगरपालिकाको निर्देशन
  • काँचुली खबर

बाँकेको कोहलपुर नगरपालिकाले सामुदायिक विद्यालयहरुले अँग्रेजी भाषा माध्यमको छुट्टै कक्षाको नाममा कुनै पनि शुल्क नउठान निर्देशन दिएको छ ।

निर्देशन विपरीत कुनै पनि सामुदायिक विद्यालयले आधारभूत तह (बालविकास, कक्षा १-८) मा कुनै पनि शुल्क लिएको पुष्टि भएमा नगर अनुदान रोक्ने र आवश्यक कारवाही प्रक्रिया अगाडी बढाउने चेतावनी दिएको हो ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

नगरपालिकाको शिक्षा शाखा प्रमुख अनन्तकुमार पौड्यालले सूचना जारी गर्दै विद्यालयले कुनै पनि शीर्षकमा विद्यार्थी शुल्क लिएको वा शुल्क तिर्न बाध्य बनाउन कोशिस गरिएको जानकारी वा सूचना प्राप्त भइ पुष्टि भएमा त्यस्तो शुल्क लिने विद्यालयबाट सम्बन्धित विद्यार्थी/अभिभावकलाई तत्काल फिर्ता गराउने समेत चेतावनी दिएको छ ।

चालु शैक्षिक सत्रका लागि पनि आधारभूत तहका सबै कक्षाहरुको पठनपाठन तथा विद्यालय सञ्चालन खर्च नगर अनुदानबाट व्यवस्थापन गरिएको हुँदा नगरपालिका क्षेत्रमा सञ्चालित सबै सामुदायिक विद्यालयका आधारभूत तह (बालविकास र कक्षा १-८) मा सञ्चालन हुने नेपाली तथा अँग्रेजी भाषा माध्यामका कक्षाहरु पूर्ण रुपमा निःशुल्क सञ्चालन गर्न विद्यालयलाई निर्देशन दिएको हो ।

नगरपालिकाका सबै सामुदायिक विद्यालयहरुलाई आ.व. २०७६/७७ देखि नै पठनपाठन तथा परीक्षा सञ्चालन, शिक्षक व्यवस्थापन, शैक्षिक सामाग्री, मर्मत सम्भार कार्यका लागि नगरपालिकाबाट चौमासिक रुपमा अनुदान बजेट उपलब्ध गराउँदै आएको सूचनामा उल्लेख गरिएको छ ।

यस्तै कक्षा ९ र १० को वार्षिक तथा मासिक लगायतको शुल्क संरचना पुष्ट्याई सहित पेश गर्न र स्वीकृति लिन सूचित गरेको छ ।

साथै संस्थागत विद्यालयहरुलाई विद्यालय शुल्क निर्धारण मापदण्ड निर्देशिका, २०७२ बमोजिमको शुल्क संरचना तथा पाठ्यपुस्तकको सूची पेश गर्न समेत निर्देशन दिइएको छ ।

 

  • ७ असार २०७८, सोमबार १५:३५ प्रकाशित
  • Nabintech