सिन्धुपाल्चोक, मेलम्ची र हेलम्बुको पहिरोमा परेकाहरुको राहातकालागि माओवादी केन्द्र कोहलपुरका कार्यकर्ताले आन्तरीक रुपमा सहयोग रकम पठाउने भएका छन ।
कोरोना पिडीतहरुको लागि राहात अभियान सञ्चालन गर्दै आएको माओवादी केन्द्र कोहलपुरले सिन्धुपाल्चोकको बिनासकारी बाढीमा परेकाहरुको सहयोगका लागि राहात रकम पठाउने निर्णय भएको माओवादी केन्द्र लुमिबनी प्रदेश कमिटी सदस्य नेता नरेन्द्र न्यौपानेले जानकारी दिए ।
सिन्धुपाल्चोक पहिरो पिडीतका लागि माओवादी केन्द्र कोहलपुर ३ का नेता पदम केसीले आफ्ना पिता स्व. तुकमान केसीको सम्झनामा ५० हजार सहयोग गरेका छन । केसीले यसअघि माओवादी केन्द्रले सञ्चालन गरेको कोरोना पिडीत राहत कोषमा २५ बोरा चामल सहयोग गरेका थिए । शिक्षा प्रेमी केसी माओवादी केन्द्र कोहलपुर ३ का युवा नेता हुन ।
राहत रकम हस्तान्तरण कार्यक्रममा बोल्दै माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले स्वयम ठुलो दुर्घटना परेर उपचार गराई रहेका पदम केसीले बाढि पिडीत र कोरोना पिडीतलाई सहयोग गर्नु उदाहरणीय भएको बताए । पदम केसीको समाजिक सेवा भाव सबैका लागि अनुकरणीय रहेको उनको भनाई थियो ।
हस्तान्तरण कार्यक्रम बोल्दै केसीले सिन्धुपाल्चोकको दर्दनाक अवस्था देखेर आफु भावविह्वल भएको भन्दै संकटका समयमा आफुले जस्तै सहयोग गर्न अन्यलाई पनि अपिल गरे ।
सिन्धुपाल्चोक बाढी पहिरो पिडीतका लागि आईतबार मात्रै माओवादी कार्याक्रर्ताहरुको तर्फबाट ७० हजार बढि रकम संकलन भएको माओवादी केन्द्र कोहलपुरका सचिव बल बहादुर खड्काले जानकारी दिए ।
कोहलपुर ३ कै राजेश भारतीले ५ हजार १ सय र तारा केसर रिजालले ५ हजार १ सय सहयोग रहेका छन । यस्तै पिडीतहरुका लागि टंक लामिछाने, कृण्ण चौलागाई, बिर बहादुर केसी, शरन बहादुर केसी, कृण्ण बहादुर महतार, राजेन्द्र केसी, भुपेन्द्र पौडेलले पनि सहयोग गरेको माओवादी केन्द्र कोहलपुर ३ अध्यक्ष तारा केशर रिजालले जानकारी दिए ।
संकलित रकम मंगलबारसम्म सिन्धुपाल्चोक पठाईने माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट बिहानिले जानकारी दिए ।
६ असार २०७८, आईतवार १७:३६ प्रकाशित