माओवादी केन्द्र कोहलपुरले आर्थिक वर्ष २०७८/७९ मा समेट्नपर्ने बिभिन्न साना ठुला आयोजनाहरुको सुचि कोहलपुर नगरपालिकालाई बुझाएको छ । सोमबार देखि सुरु हुन लागेको नगर सभा अघि माओवादी केन्द्रका नेताहरुले १५ वटै वडाका बिकास आयोजना समेटिएको सुचि नगर प्रमुख लुट बहादुर रावतलाई बुझाएको माओवादी केन्द्र कोहलपुरका अध्यक्ष तुला राज बिष्ट ‘बिहानि’ ले जानकारी दिए ।
बिभिन्न माध्यामबाट पार्टी कार्यालयमा आएका आयोजनाका सूचि सहित कोहलपुर नगर पालिकालाई केही सुझवहरु पनि लिखित रुपमा बुझाईएको माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानले जानकारी दिए । १५ वटै वडाका साना र ठुला गरि झण्डै १ सय आयोजना कोहलपुर नगरपालिकालाई बुझाईएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
नेता न्यौपानले दिर्घकालिन र ठुला आयोजना सुरु गर्नुपुर्व सर्वपक्षिय छलफल गर्न, नियमित सार्वजनिक सुवाई गरी परदर्शिता अपनाउन, कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गर्न, भष्टाचार र बेरुजु नियन्त्रणका लागि ठोस पहलकदमी लिन माग गरिएको बताए । नगर गौरवका र अन्य आयोजनमा ठेकेदार कम्पनी र अन्य कारण भएको ढिला सुस्ती हटाएर द्रुत गतिमा काम अगडी बढाउन र तोकिएकै मितीमा काम सम्पन्न गर्न पहलकदमी लिन समेत सुझाव दिईएको छ ।
योजनागत सुझाव लिदै नगर प्रमुख रावतले सम्भव भएसम्म माओवादी केन्द्रले दिएका सुझावहरुलाई समाबेश गर्ने प्रतिबद्धता जनाएका छन । यसअघि माओवादी केन्द्रको टोलिले उप प्रमुख सञ्जु कुमारी थारुलाई समेत बिभिन्न आयोजनहरुका बारेमा ध्यानाकर्षण गराएको थियो ।
६ असार २०७८, आईतवार १६:५१ प्रकाशित