बाँकेमा आईतबार १ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाका ३ वटा प्रयोगशालामा गरीएको परिक्षणमा जिल्लाका १ र बाहिरी जिल्लाका ९ जनामा कोरोना संक्रमण देखिएको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।
पछिललो २४ घण्टामा बाँकेमा ९१ जनाको स्वाव परिक्षण गरीएको थियो । जसमध्ये भेरीमा बाँकेका १ र बाहिरी जिल्लाका ५, मेडिकल कलेज कोहलपुरको ल्यावमा बाहिरी जिल्लाका १ र वागेश्वरी पोलिक्लिनिकको ल्यावमा बाहिरी जिल्लाका ३ गरी जम्मा १० जनामा संक्रमण पुष्टि भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले जनाएका छन ।
यसैबिच आईतबार बाँकेका बिभिन्न अस्पतालमा उपचाररत ३ कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुने तिनै जना बाहिरी जिल्लाबाट कोरोना उपचारकालागि बाँके आएका थिए ।
आईतबार बाँकेबाट १० जना डिस्चार्ज भएका छन । योसँगै बाँकेबाट कोरोनामुक्त भई डिस्चार्जं हुनेको सँख्या १६ हजार ९९८ पुगेको छ भने कोरोना संक्रमितको सँख्या १७ हजार ३९४ पुगेको जिल्ला कोभिड-१९ संकट ब्यवस्थापन केन्द्र बाँकेद्धारा जारी विवरणमा उल्लेख गरीएको छ ।
६ असार २०७८, आईतवार १६:३५ प्रकाशित