यातायात व्यवस्था विभागले अब दुई प्रकारका सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र वितरण गर्न लागिएको विभागका महानिर्देशक नमराज घिमिरेले जानकारी दिए ।
उनले भने, “पीभीसी कार्डमा स्मार्ट लाइसेन्सको जस्तो चिप हुँदैन । पीभीसी कार्डमा ‘बार कोड’ हुन्छ । बारकोडमा सवारी चालकको सम्पूर्ण विवरण समावेश गरिएको हुन्छ ।’’
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
त्यसैगरी सवारी चालक अनुमतिपत्र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई नयाँ स्मार्ट अनुमतिपत्र प्राप्त नहुञ्जेलसम्मका लागि नयाँ कार्ड वितरण गर्न लागिएको उनले बताए ।
ट्रायल उत्तीर्ण गरेका र नवीकरणका लागि निवेदन दिएका व्यक्तिलाई ‘क्यूआर’ (क्विक रेसपोन्स) कोडसहितको एउटै किसिमको पीभीसी कार्ड वितरण गरिने उनले जानकारी दिए । समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।
६ असार २०७८, आईतवार ०९:३८ प्रकाशित