बाँकेमा कोरोनाका १० संक्रमित थपिँदा ८ डिस्चार्ज
  • काँचुली खबर

बाँकेमा कोरोना संक्रमितको सँख्यामा उल्लेख्य सुधार देखिएको छ । पछिल्लो केही दिनयता संक्रमणको दर तिब्र गतीमा ओरालो लागेको छ । शनिबार बाँकेका १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्लाका ३ वटा प्रयोगशालामा भएको १०२ नमुनाको पीसीआर परीक्षणबाट बाँकेका १० जना सहित १६ जनामा संक्रमण पुष्टि भएको हो ।

सोही अवधिमा बाँकेमा जिल्ला बाहिरका २ जनाको मृत्यु भएको छ भने बाँकेमा आज मृत्युदर शुन्य रहेको छ । शनिबार बाँकेबाट ८ जना कोरोना मुक्त भएर डिस्चार्ज भएको जिल्ला कोभिड १९ संकट ब्यवस्थापन केन्द्र बाँकेले जनाएको छ ।

केन्द्रका अनुसार बाँकेमा जिल्ला भित्रका ९५ सक्रिय संक्रमित बाँकी रहेका छने भने जिल्ला बाहिरका ८७ जनाको बाँकेका बिभिन्न अस्पताल र आईसोलेशन सेन्टरमा उपचार भईरहेको छ ।

बाँकेका अस्पतालहरुमा कोरोना संक्रमितका लागि छुट्याईएको ३६१ बेड मध्य २७२ बेड खाली भईसकेका छन् । यहि अवस्थामा सुधार हुँदै जाने हो भने केहिदिनमा अस्पतालका सबै बेडहरु खाली हुन सक्ने बाँकेका कोरोना फोकल पर्सन तज ओलीले बताए ।

  • ५ असार २०७८, शनिबार १७:०३ प्रकाशित
  • Nabintech