विश्व स्वास्थ्य संगठन डब्लूएचओले नेपालको मुस्ताङमा कोरोना खोप लगाउन स्वास्थ्यकर्मीले गरेको प्रयासको प्रशंसा गरेको छ ।
डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयसले स्वास्थ्यकर्मीहरु नायक हुन् भन्दै प्रशंसा गरेका हुन । गएको १ गते मुस्ताङको छापताङ् खोलामा बाढी आएर तर्न नसकिने भएपछि स्वास्थ्यकर्मीले पाइपको सहारले खोप राख्ने भाँडोलाई पारी तारेको भिडियो हेरेपछि उनले प्रशंसा गरेका हुन ।
सामाजिक सञ्जालमा ट्वीट गर्दै उनले लेखेका छन, ‘स्वास्थ्यकर्मीहरु जीवन रक्षाका लागि कति टाढासम्म जाँदैछन्, यो हाम्रो शक्ति र कर्तव्य हो ।’
उनले यस्ता हिरोहरु अहिले पनि धेरै ठाउँमा कोरोना खोपबाट वञ्चित भएका भन्दै यो न्याय नभएको बताए । यस्तै, उनले समान रुपमा खोप वितरण गर्ने प्रयास गरिरहेको पनि बताएका छन ।
५ असार २०७८, शनिबार १६:२६ प्रकाशित