ब्याज मिनाहाको माग गर्दै सडकमा उत्रिए कोहलपुरका ब्यापारी
  • काँचुली खबर

बाँकेको कोहलपुर क्षेत्रका उद्योगी व्यवसायीहरु निषेधाज्ञा अवधिभरको बैंक ब्याज मिनाहा र घर भाडा मिनाहा र ब्यापारीहरुलाई कोरोना खोपकोको माग गर्दै आन्दोलनमा उत्रिएका छन ।

राज्यलाई वार्षेनी कर तिर्दै आएका उद्योगी तथा ब्यवसायीहरुलाई राज्यले उपेक्षा गर्दै आएको बताउँदै उनिहरुले तत्काल कोरोना खोपको ब्यवस्था गर्न माग गरेका हुन । कोहलपुरमा ब्यवसाय संचालन गर्दै आएका व्यवसायीहरुले असार २५ गतेसम्म राजश्व दाखिला अनिर्वाय गरेको भन्दै विरोध समेत जनाएका छन । कोरोना कारण तत्काल राजश्व तिर्न सक्ने अवस्था नभएका कारण असोज मसान्तसम्म समयसिमा तोक्नुपर्ने माग सहित ब्यवसायीह्रुले शुक्रबार विरोध प्रर्दशन गरेका छन् ।

कोहलपुरको न्यूरोडबाट निकालिएको विरोध र्याली मुख्याबजार, साँझचोक हुँदै इलाका प्रहरी कार्यालय कोहलपुरको अगाडि पुगेर कोण सभामा परिणत भएको थियो ।

कोणसभामा बोल्दै कोहलपुरका अग्रज ब्यापारी विष्णु खनालले राज्यले उद्योगी ब्यापारीहरुलाई उपेक्षा गरेको बताए । राज्यको अथैतन्त्रमा ठुलो योजदान गर्दै आएका उद्योगी ब्यापारीहरुलाई राज्यले हेयको देष्टिले हेरेको भन्दै खनालले तत्काल उद्योगी ब्यवसायीहरुकालागी राहतको प्याकेज ल्याउन माग गरे । उनले निषेधाज्ञाको अवधिभर उद्योगी ब्यवसायीहरुको ब्यवसाय धरासायी भएकाले त्यसको उचित क्षतीपूर्तिकालागी आवश्यक पहल चाल्न सम्बन्धित निकायसाग आग्रह गरेका थिए । साथै उद्योगी ब्यवसायहरुलाई कोरोना खोपको सहज ब्यवस्थापनमा अविलब्ध ध्यान दिन समेत उनले माग गरेका छन ।

साथै नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेकी अध्यक्ष मधु खड्काले राज्यले सबै क्षेत्रका मानिसलाई कोरोनाको खोप उपलब्ध गराएपनि उद्योगि व्यवसायीहरुलाई हालसम्म खोप उपलब्ध नगराएको भन्दै खोप उपलब्ध गराउनुपर्ने माग गरेकी छिन ।

सो कोण सभामा बोल्दै कोहलपुरका उद्योगि देवानन्द अर्यालले नेपालका उद्योगि व्यवसायीहरुलाई राज्यले कोरोनाको खोप उपलब्ध गराए तत्काल कर तिर्ने बताए । साथै राज्यले व्यवसायीहरुबाट कर उठाएर लिने तर व्यापारीहरुलाई कोरोनाको खोप उपलब्ध नगराएको भन्दै खोप तत्काल उपलब्ध गराउन उनले माग गरे ।

साथै नेपाल घरेलु तथा साना उद्योग महासंघ जिल्ला शाखा बाँके, नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समिति, होटल व्यवसायी संघ बाँके, कोहलपुर हार्डवेयर व्यवसायी संघ, जनसेवा यातायात प्रा.लि., कोहलपुर अटो एसोसिएसन बाँके, बाँके सुनचाँदी तथा गहना व्यवसायी संघ कोहलपुर, मध्य तथा सुदुरपश्चिम सुनचाँदी गहना व्यवसायी संघ कोहलपुर, होटल अर्गनाईजेशन नेपाल लगायतले बाँकेका प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई पाँच बुँदे ध्यानाकर्षण पत्र बुझाएका छन् ।

राज्यलाई बुझाउनुपर्ने नेपाल सरकारको राजश्व असार मसान्त २५ गते सम्म रावश्व दाखिला अनिर्वाय गरिएकोमा यस विषम परिस्थितिमा राजश्व दाखिला गर्न उद्योगि व्यवसायीमा कठिनाई पर्न जाने हुँदा उक्त असार २५ गतेको म्याद थप गरी असोज मसान्त थप गर्नुपर्ने, उद्योग व्यवसायमा लगानी रहेको बैंक तथा वित्तिय संस्थाको ब्याज बन्दाबन्दी खुलेको ३ महिनासम्ममा भुक्तानी गर्ने गरी समयान्तर गरिनुपर्ने, उद्योग व्यवसाय संचालन रहेको घर तथा जग्गा भाडा दुवै पक्षलाई मर्का नपर्ने गरी ५० प्रतिशत मिनाहका लागि पहल गर्नुपर्ने, स्थानिय निकायमा लाग्ने घर बहाल घर तथा व्यवसाय कर छुट गर्नुपर्ने, जोखिम कम गर्न उद्योगी तथा व्यवसायीलाई खोपको व्यवस्था गरी लकडाउन खुकुल्लो गर्नुपर्ने लगायतका माग सहित प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारलाई ध्यानाकर्षण पत्र बुझाईएको नेपाल घरेलु तथा साना उद्योग महासंघ कोहलपुर नगर समितिका महासचिव चिन्तामणी उपाध्यायले जानकारी दिए ।

  • ४ असार २०७८, शुक्रबार २३:०६ प्रकाशित
  • Nabintech