१ जेष्ठ २०८१, मंगलवार
‘प्रचण्ड रोएको त्यो क्षण…..’
  • काँचुली खबर

रातको समय थियो, बिच रोडमा टेन्ट लगाएर तयार गरिएको मन्चमा आफ्नो अनुहार भन्दा पनी ठुलो ब्याज लगाएर लस्करै नेताहरु बसेका थिए । एक जना मन्चमा उभिएर ठुलो ठुलो आवाजमा भाषण गर्दै थिए । मंन्चमा बस्ने नेताहरु को-को थिए उनिहरुलाई मैले चिन्न सकिन । मन्च देखी टाढा एउटा घरको छायाँ पारेर म उभिएकी थिए । मसंगै उभिएका अन्य ब्यक्तिहरुमा कोही मन्चमा भएका कुराहरलाई चाख मान्दै तालि बजाउदै थिए भने कोही घर भित्र भईरहेको चहलपहलमा सहभागी हुँदै थिए । के भईरहेको छ भन्ने जान्नको लागी म पनी घर भित्र गए ।

जनयुद्धले उठाएका मुद्धाहरु सबै पुरा भएका छैनन्, जनयुद्ध अधुरो भयो, भएका उपलब्धीहरुलाई मास्ने काम भईरहेको छ त्यसैले फेरी पनी हतियार उठाउन आबश्यक भन्दै प्रशिक्षण भईरहेको रहेछ । मलाई पनी हतियार समाउनु पर्छ भनियो । तर म हतियार समाउदिन, हतियार उठाउदा धेरै महिला बिधवा भए, धेरै बाल बालिका टुहुरा भए र कति बृद्ध बुवा आमाको बुढेसकालको लठ्ठी भाचियो, अब कसैले पनी युद्ध चाहदैन । बरु मलाई अन्य जिम्मेवारी दिनुहोस भन्दै म बाहिर निस्कीय र मन्च तिर ध्यान दिन थाले ।

मान्छेहरुको भिडबाट प्रचण्ड मन्च तिर हेर्दै थिए, उनको अनुहार अध्यारो थियो । प्रचण्ड यति साधारण पहिरनमा थिए की कसैले उनलाई चिन्न पनी सकेको थिएन । संयोगबस म प्रचण्ड नजिकै उभिन पुगे । घर भित्र भएको युद्ध तयारी र मंचमा भईरहेको भाषण दुबै कुरा देखैकी मैले नजिकै भएका प्रचण्डलाई गुनासो गरे, ‘१७ हजार जना ब्यक्तिले प्रत्यक्ष रुपमा रगत बगाएर आएको गणतन्त्रमा गणतन्त्र बिरोधी कै हालीमुहाली छ । एक पछी अर्कौ गर्दै संबिधान मिच्ने काम भएको छ । संविधानमै ब्यवस्था भएको समानुपातिक समावेसी ब्यवस्था कार्यन्वयन हुदैन, बिपन्न र पछाडी पारिएको वर्ग र समुदायको सहभागीताको लागी गरिएको समानुपातिक ब्यवस्थाको खिल्ली उडाईएको छ । एकै पटक ११ हजार जना कर्मचारीको माग हुँदा समावेसी बनाईदैन, १९ दिनसम्म जनताहरु सडकमा आएर गरेको आन्दोलनबाट फालिएका सामनतबादका प्रतिक राजालाई फेरी ल्याउने हल्ला गरिन्छ । कोरोनाको भ्याक्सीन नपाएर मान्छेहरु मरिरहदा चुनावको घोषणा गरिन्छ । सत्ता जोगाउन पटक पटक मत्रिमण्डल गठन गरिन्छ । योग्यता क्षमता भन्दा पनी ब्यक्तिगत स्वार्थ पुरा गर्न मरिहत्ते गरिन्छ । गणतनत्रका सहिदको अवमुल्यन गर्दै उनिहरुको त्यागलाई फगद मृत्यु र गणतन्त्रको नायकलाई मात्र हत्यारा देखिएको छ । यस्तो हुँदा हुँदै पनी किन माओवादी मौन छ ? के माओबादीलेले आफ्नो एजेन्डा छोडेको हो ? माओबादीको क्रान्तीकारी पन अब अबसरबादमा परिवर्तन भएको हो ? जनयुद्धताका देखाईएका सबै सपना भ्रम थिए ? जनयुद्धमा लाग्ने हरेक ब्यक्तिहरुको योगदान तपाईहरुलाई नेता बनाउन मात्र हो ?’

मैले एक पछी अर्को प्रश्न गरिरहे, प्रचन्डले सुनिरहे कुनै प्रतिकार गरेनन् । मात्र उनको आँखामा आँसु थियो । सायद जनतालाई सपना देखाएर मर्न र मार्न तयार गर्दै गर्दा देखेका सपना पुरा गर्न नसकेकोमा आत्मग्लानी थियो । मैले प्रश्न छोडेपछी लामो श्वास तानेर आँखाको डिलबाट बगेका आँसुलाई नजानिदो तरिकाले पुच्छ्दै भने, ‘जनयुद्धले देखाएका सपनाहरु झुठा थिएन । केही पुरा भए केही पुरा हुन पाएनन् । मैले गर्न नखोजेको होइन तर परिवर्तन नचाहने शक्तिहरुले हरेक पाइला पाइलामा अवरोध गरे । बिरोधीको त असहयोग भयो आफ्नै साथीहरुले पनी बाटो मोडे । सबै भन्दा ठुलो पार्टी भएको उन्मादमा जनता संगको सम्बन्धलाई ख्याल हामीले नगरेकै हो, हाम्रा केही साथीहरु भ्रष्ट र गद्धार निस्किए । कमजोरी हामीबाट पनी भयो । हामीलाई सफल हुन नदिन अनेकौ प्रपन्च पनी रचियो । हामी कमजोर हुदै जाँदा फटाहाहरुले मनोमानी गर्न थाले । तर यो फटाहा राजनिती धेरै समय चलने छैन । जनयुद्धका सहयात्रीहरु आत्म समिक्षा गर्दैै एक भएर जनयुद्धका उपलब्धीहरको रक्षा गर्नु पर्छ । अबको मेरो मुख्य लक्ष्य यही हो ।’

प्रचण्डको कुरा सुनेर मलाई खुसी लाग्यो र खुसी हुँदै भने जनयुद्धका सहयात्रीहरु एक हुनुस हामी तपाईको साथमा छौं । मेरो कुराले प्रचण्डको अनुहारमा खुसी देखियो । बोल्न खोज्दै हुनुन्थ्यो घडीको आलरम बज्यो, म बिउझिए । हत्तेरिका प्रचण्डले के भन्न खोज्नु भएको थियो सुन्नै पाईन । सपनामा पुरा हुन नसकेको प्रचण्डको अन्तिम कुरा बिपनामा प्रचण्डलाई भेटेर सोध्न मन छ र भन्न मन छ, प्रचण्ड ज्यु ! लभ यु ।

  • ३ असार २०७८, बिहीबार २१:०५ प्रकाशित
  • Nabintech