बाँकेको कोहलपुरमा रहेको सामुदायीक रेडियो प्रतिबोध एफएमले एम्बुलेन्स सेवा संचालनमा ल्याएको छ । प्रदेश साँसद पार्वती पुन उषाले साँसद विकास कोष अन्तर्गत उपलब्ध गराएको सहयोग रकम मार्फत खरीद गरीएको एम्बुलेन्सको बिहिबार एक समारोहका बिच उद्घाटन गरीएको छ ।
प्रदेश साँसद उषा र कोहलपुर नगरपालिकाका मेयर लुटबहादर रावतले संयुक्त रुपमा एम्बुलेन्सको उद्घाटन गरेका हुन । उद्घाटन शत्रमा बोल्दै साँसद उषाले सामाजिक उत्तरदायित्व बहन गर्दै आएको दलित सेवा संघद्धारा संचालित प्रतिवोध एफएमलाई साँसद विकास कोष अन्तर्गत १५ लाख रकम उपलब्ध गराएको बताईन । विपदको समयमा अत्यावश्यक देखिएको एम्बुलेन्स संचालनकालागि एफएमले माग गरे बमोजिम आफुले बजेटको ब्यवस्थापन गरीएको बताउँदै उषाले जनस्तरमा प्रभावकारी ढंगले सेवा प्रवाह गर्ने गरी एम्बुलेन्स सेवा संचालन गर्न आग्रह गरीन ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
पछिल्लो ३ वर्षको अवधिमा आफ्नो निर्वाचन क्षेत्रमा जनताले प्रत्यक्ष महशुस गर्ने गरी विकास निर्माणका उल्लेख्य कार्यहरु भएको बताउँदै साँसद उषाले सामाजिक गतिविधिमा सबैले आफ्नो स्तरबाट भुमिका खेल्न आग्रह समेत गरीन ।

कार्यक्रममा बोल्दै कोहलपुर नगरपालिकाका मेयर रावतले संचार क्षेत्रमा उल्लेख्य भुमिका खेल्दै आएको प्रतिवोध एफएमले स्वास्थ्य क्षेत्रमा समेत टेवा पुर्याउने गरी एम्बुलेन्स सेवा संचालनमा ल्याएको भन्दै खुसी ब्यक्त गरेका छन । उनले कोहलपुर नगरपालिकाले समेत विभिन्न चरणमा एम्बुलेन्स संचालनको प्रयास गरेपनि सफल हुन नसकेको भन्दै विशेष गरी नगरभित्रका जेष्ठ नागरीक तथा गर्भवतीहरुलाई लक्षित गर्दै सेवा प्रवाह गर्न आग्रह गरे ।
दलित सेवा संघका केन्द्रिय अध्यक्ष ईश्वरी विकले विगतदेखी नै सामाजिक क्षेत्रमा क्रियाशिल रहँदै आएको प्रतिवोध एफएमले आफ्नो क्रियाशिलतालाई थप परिस्कृत गर्दै लगेको बताए । दलितका हक अधिकारको सवालमा आवाज उठाँउदै आएको दलित सेवा संघ मार्फत संचालित प्रतिबोध एफएम सबैको साझा मञ्चका रुपमा स्थापित हुँदै गएको विकको भनाई थियो ।

प्रतिबोध एफएम संचालक समितिका अध्यक्ष बुद्ध सुनारले एम्बुलेन्स संचालन आफैमा गाह्रो प्रक्रिया भएपनि सबै पक्षको सहयोगले एम्बुलेन्स सेवा संचालन गर्न सफल भएको बताए । एम्बुलेन्स खरीद तथा संचालन प्रक्रियामा प्रदेश साँसद, कोहलपुर नगरपालिका र नगर स्वास्थ्य शाखाबाट प्रयाप्त सहयोग प्राप्त भएको भन्दै सबैप्रति कृतज्ञता ब्यक्त गरेका थिए । उनले आवश्यकताको आधारमा न्युनतम सेवा शुल्क लिएर सेवाग्रामीलाई सेवा दिन आफुहरु तत्पर रहेको समेत बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका सचिव शिव सुनार, पत्रकार महासंघ बाँकेका उपाध्यक्ष संगिन शर्मा, दलित सेवा संघ लुम्बिनी प्रदेश संयोजक अमर विक, नगर स्वास्थ्य कार्यालय कोहलपुरका प्रमुख अनिल सेन ठकुरी लगाएतको उपस्थिती रहेको थियो ।
३ असार २०७८, बिहीबार १५:१८ प्रकाशित