माओवादी केन्द्रद्धारा कोहलपुर १० मा राहत वितरण
  • काँचुली खबर

नेकपा माओवादी केन्द्र कोहलपुरले राहत वितरण अभियानलाई जारी राखेको छ । नेकपा माओवादी केन्द्र कोहलपुरले स्थापना गरेको कोभिड १९ राहत कोष अन्तर्गत बुधबार कोहलपुर नगरपालिका वडा नं. १० का अति विपन्न, अशक्त, एकल महिला र पूर्व जनमुक्ति सेनालाई राहत वितरण गरेको छ । वडामा विपन्न ३५ घर परिवारलाई राहत वितरण गरेको नेकपा माओवादी केन्द्र कोहलपुरले जनाएको छ ।

पार्टीका अगुवा नेता कार्यकर्ताहरुबाट संकलन गरी वितरण गरिएको राहत कार्यक्रममा संविधान सभाका सदस्य तथा माओवादी केन्द्रका नेता उमाकान्त शर्मा, नेकपा माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपाने, नगर कमिटी सचिव बल बहादुर खड्का अविरल, स्थानिय नेता फणा शर्मा र १० नं। वडा कमिटी अध्यक्ष देविलाल बोहराको उपस्थिती रहेको थियो ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

करिब १ महिनादेखी सञ्चालन गरीएको राहत वितरण कार्यले राहत पाउने स्थानीयहरुको समस्या समाधानमा सहयोग पुगेको बताउँदै माओवादी केन्द्रका नेता तथा संविधान सभाका सदस्य शर्माले दु:खी, गरिब र विपन्नहरुको पार्टी माओवादी केन्द्र रहेको बताए । माओवादी पार्टी सधै जनताको साथमा रहेको उनको भनाई थियो ।

माओवादी केन्द्रका युवा नेता नरेन्द्र न्यौपानेले महामारीका रुपमा देखा परेको कोरोनाका कारण आक्रान्त भई चुल्लो समेत बाल्न कठिनाई भएका घरपरिवारमा वितरण गरेको राहतले मलमपट्टिको काम गर्ने विश्वास रहेको बताए ।

  • २ असार २०७८, बुधबार १९:०८ प्रकाशित
  • Nabintech