प्युठानमा बुधबार थप ५ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ४४ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।
स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका ५ जना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८७६ पुगेको छ ।
त्यसैगरी आज जिल्लाका विभिन्न स्थानका ४४ जना संक्रमितहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या २ हजार ६१२ पुगेको छ । जिल्लामा अब २३२ जना सक्रिय संक्रमित रहेका छन ।
कोरोना संक्रमणका कारण प्युठानमा हालसम्म ६० जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
२ असार २०७८, बुधबार १७:१४ प्रकाशित