बाँकेका थप ७ जनामा कोरोना संक्रमण, ४२ जना डिस्चार्ज
  • काँचुली खबर

बुधबार बाँकेका थप ७ जनामा कोरोना संक्रमण देखिएको छ । ४२ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १६८ नमुना मध्ये, ४० जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ७ जना बाँकेका हुन भने ३३ जना बाहिरी जिल्लाका हुन ।

भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका ७२ नमुनामा ३०, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ५२ नमुनामा ५ र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ४४ नमुनामा ५ गरी जम्मा ४० जनामा कोरोना संक्रमण देखिएको हो ।

बाँकेमा आज थपिएका ७ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३७१ पुगेको छ ।

आज बाँकेका थप ४२ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार ९२९ पुगेको छ । अब बाँके जिल्लाको कुल सक्रिय संक्रमितको संख्या १३३ रहेको छ ।

त्यसैगरी, बाँकेमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६५० पुगेको छ । जसमध्ये, बाँकेका ३०९ जना छन भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या ३४१ पुगेको छ ।

  • २ असार २०७८, बुधबार १६:३५ प्रकाशित
  • Nabintech