बिघटित संघीय संसदका सांसद तथा पुर्व सहरी बिकास मन्त्री मोहम्मद इस्तियाक राइद्वारा स्थानीय विकास पुर्वाधार कोष मार्फत छुट्याइएको रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर भेरी अस्पताललाई प्राप्त भएको छ ।
कोषमा राइले छुट्याएको ४५ लाख रकमबाट खरिद गरिएका दुई थान भेन्टिलेटर बुधबार नेपालगन्ज उपमहानगरपालिका मार्फत भेरी अस्पताललाई प्राप्त भएको भेरी अस्पताल बिकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।
पुर्वमन्त्री राईले भेरी अस्पताललाई भेन्टिलेटर खरीदका लागि उक्त कोषमार्फत ४५ लाख रकम बिनियोजन गरेका थिए । त्यसैगरी, अक्सिजन रिफिलिङ्गका लागि ५० लाख रकम कोषमार्फत छुट्याएका थिए ।
२ असार २०७८, बुधबार १५:४४ प्रकाशित