बाँके जिल्ला भएर बग्ने मानखोला नदीको बहाव सतर्कता बिन्दुमा पुगेको र अझै बढ्दो अबस्थामा रहेको भन्दै जल-मौसम कार्यालय कोहलपुरले नदी छेउछाउमा सतर्कता अपनाउन अनुरोध गरेको छ ।
त्यसैगरी, सो कार्यालयले बाँके जिल्लाका चुरेबाट बग्ने अन्य खोलानालाहरुमा पनि बहाव बढीरहेकाले खोलानाला छेउछाउ र होचा स्थानहरुमा आज साँझसम्म सतर्कता अपनाउन भनेको छ ।
राप्ती नदीको कुसुम खण्डमा पनि जलसतह सतर्कताको बिन्दुको नजिक पुगेको हुनाले राप्तीसोनारी गाउँपालिकाको नदीतटिय क्षेत्रमा पनि सतर्कता अपनाउन आग्रह गरिएको छ ।
२ असार २०७८, बुधबार ०८:०८ प्रकाशित