अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत वितरण, झरीले रोकेन माओवादी केन्द्रको अभियान
  • काँचुली खबर

बाँकेमा पछिल्लो दुई दिनदेखी लगातार झरी परिरहेको छ । मनशुनको सुरुवातसँगै बाँकेमा झरी परिरहँदा नेकपा माओवादी केन्द्र भने निरन्तर राहत वितरण अभियानमा जुटिरहेको छ । विपन्न, गरीब र असहाय परिवारकालागि माओवादी केन्द्रले नेपालगन्ज तथा कोहलपुर क्षेत्रमा राहत अभियान संचालन गर्दै आएको छ ।

अभियान अन्तर्गत सोमबार माओवादी केन्द्र बाँकेका नेता तथा कार्यकर्ताहरु नेपालगन्जमा खाद्यान्न बोक्न ब्यक्त देखिन्थे । लगातारको झरीका बाबजुत नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य अकल बहादुर बमको नेतृत्वमा पार्टीका नेता तथा कार्यकर्ताहरुले चामल, दाल लगाएत खाद्यान्न सामग्री ढुवानी गरीरहेका थिए । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका शारिरीक रुपमा अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत उपलब्ध गराउन पार्टीका नेता तथा कार्यकर्ताहरु फिल्डमै खटिएको माओवादी केन्द्र नेपालगन्ज नगर ईन्चार्ज समेत रहेका नेता बमले जानकारी दिए ।

नेता बमका अनुसार सोमबार नगरक्षेत्रभित्र रहेका अधिकाशं अशक्त तथा अपाङ्गता भएका ब्यक्तिहरुलाई राहत स्वरुप चामल, दाल, विस्कुट, माक्स लगायतका दैनिक उपभोग्य बस्तु तथा स्वास्थ सामग्री वितरण गरीएको छ । सरकारी, गैरसरकारी तथा अन्य निकायबाट समेत उपेक्षामा परेका समुदायका ब्यक्तिहरुलाई राहत वितरण गर्ने क्रममा नगरभित्रका सबै अशक्त ब्यक्तीहरुलाई राहत वितरण गरीएको बमले बताए ।

कोभिड महामारीका कारण रोजगार बिहिन भएका तथा समस्यामा परेका ब्यक्तिहरुका साथै शारिरीक रुपमा अशक्त रहेका ब्यक्तिहरुको चुल्हो बाल्ने उद्धेश्यले राहत कोष स्थापना गरी राहत वितरण अभियान संचालन गर्दै आएको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष तथा कोरोना राहत कोषका संयोजक डिल्ली बरालले बताए । नगरका २३ वटै वडामा रहेका विपन्न, अपाङ्गता भएका तथा दैनिक मजदुरी गर्ने श्रमजिवीहरुको सहजताका लागि संचालन गरेको राहत अभियानबाट छोटो समयमै पाँच सय बढि घरपरिवारलाई खाद्यान्न उपलब्ध गराईएको बरालले जानकारी दिए ।

राहत वितरण कार्यक्रममा सहभागी अपाङ्ग पुनस्थापना केन्द्र बाँकेका अध्यक्ष राजेश क्षेत्रीले पहिलो पटक अपाङ्गता भएका ब्यक्तिहरुकालागि राहत वितरण गरीएको बताए । उनले ब्यक्तिगत रुपमा धेरै प्रयासहरु भएपनि संस्थागत रुपमा माओवादी केन्द्रले पहिलो पटक नगरभित्रका अपाङ्ग तथा अशक्त ब्यक्तिहरुलाई राहत उपलब्ध गराएको भन्दै खुसी ब्यक्त गरे । बिभिन्न माध्यमबाट दैनिक गुजारा चलाउँदै आएका अपाङ्गता भएका ब्यक्तिहरुलाई कोरोना महामारीका कारण लागु गरीएको लकडाउनले धेरै समस्या निम्त्याएको बताउँदै क्षेत्रीले माओवादी केन्द्रद्धारा उपलब्ध गराईएको राहतले उनिहरुको दैनिकीमा धेरै हदसम्म सहजता आउने विश्वास ब्यक्त गरे ।

राहत वितरण कार्यक्रममा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य अकल बहादुर बम, नवीन शर्मा, जिल्ला कार्यलाय सदस्य तथा नगर अध्यक्ष डिल्ली बराल, जिल्ला कमिटी सदस्य मिना चदारा, वसन्त मल्ल, प्रेम शाह, नगरका नेता धर्म न्यौपाने र दुर्गा खत्रीको सक्रिय सहभागीता रहेको थियो ।

बिपन्नको चुल्हो बाल्ने अभियानमा ‘माओवादी केन्द्र’

  • ३१ जेष्ठ २०७८, सोमबार २१:१७ प्रकाशित
  • Nabintech