नेपाल मजदुर किसान पार्टीले बाँकेको भेरी अस्पताललाई २ लाख बराबरको स्वास्थ्य सामाग्री सहयोग गरेको छ ।
मजदुर किसान पार्टीले सोमबार भेरी अस्पताल नेपालगन्जलाई २ लाख बराबरको स्वास्थ्य सामग्री (N 95 मास्क) सहयोग गरेको भेरी अस्पताल बिकास समितिका सदस्य कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिब तथा संघीय सांसद प्रेम सुवाल, बाँके जिल्ला अध्यक्ष बखत थापा र सचिब रसिद अहमदले उक्त सामाग्री अस्पताललाई प्रदान गरेका हुन ।
३१ जेष्ठ २०७८, सोमबार १७:५३ प्रकाशित