आइतबार बाँकेका थप ९ जनामा कोरोना संक्रमण देखिएको छ । १४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १४८ नमुना मध्ये, ४८ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, ९ जना बाँकेका हुन भने ३९ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका ९८ नमुनामा ३९, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ३४ नमुनामा ४ र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका १६ नमुनामा ५ गरी जम्मा ४८ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका ९ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३५३ पुगेको छ ।
आज बाँकेका थप १४ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार ८७६ पुगेको छ । अब बाँके जिल्लाको कुल सक्रिय संक्रमितको संख्या १६९ रहेको छ ।
त्यसैगरी, आजै बाँकेका थप १ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्रका मृतकको संख्या ३०८ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।
३१ जेष्ठ २०७८, सोमबार १६:५४ प्रकाशित