एमालेका वरिष्ठ नेता खनाल अस्पताल भर्ना
  • काँचुली खबर

पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् ।

उनलाई आज काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको हो ।

उनलाई ज्वरो आएको र रगतमा हेमोग्लोबिनको मात्रा कम भएपछि अस्पतला भर्ना गरिएको उनको सचिवालयले जनाएको छ ।

उनलाई यसअघि कोरोना पोजेटिभ भएको थियो । कोरोना संक्रमणमुक्त भएपछि उनी घरमा आराम गरिरहेका थिए ।

  • ३१ जेष्ठ २०७८, सोमबार १०:५९ प्रकाशित
  • Nabintech