आइतबार बाँकेका २ जनामा मात्र कोरोना संक्रमण देखिएको छ । ६९ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन भने १ जनाको मृत्यु भएको छ ।
जिल्ला कोभिड व्यवस्थापन केन्द्रका फोकल पर्सन तेज ओलीका अनुसार, आज जिल्लाका तीनवटा ल्याबमा परिक्षण गरिएका १२४ नमुना मध्ये, १७ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये, २ जना बाँकेका हुन भने १५ जना बाहिरी जिल्लाका हुन ।
भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा परिक्षण गरिएका ३९ नमुनामा ९, मेडिकल कलेज कोहलपुरको प्रयोगशालामा परिक्षण गरिएका ३९ नमुनामा ५ र बागेश्वरीको प्रयोगशालामा परिक्षण गरिएका ४६ नमुनामा ३ गरी जम्मा १७ जनामा कोरोना संक्रमण देखिएको हो ।
बाँकेमा आज थपिएका २ जना समेत गरेर कोरोनाबाट संक्रमित हुनेको संख्या १७ हजार ३४४ पुगेको छ ।
आज बाँकेका थप ६९ जना कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । आज डिस्चार्ज भएका समेत जिल्लामा कोरोना मुक्त हुनेको संख्या १६ हजार ८६२ पुगेको छ । अब बाँके जिल्लाको कुल सक्रिय संक्रमितको संख्या १७५ रहेको छ ।
त्यसैगरी, आजै बाँकेका थप १ जना संक्रमितको मृत्यु भएको छ । यो समेत जिल्ला भित्रका मृतकको संख्या ३०७ पुगेको छ भने बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आई मृत्यु हुनेको संख्या ३३८ पुगेको छ ।
३० जेष्ठ २०७८, आईतवार १९:०६ प्रकाशित