घट्दै कोरोना संक्रमण, आइतबार १ जना संक्रमित थपिदा १७ जना डिस्चार्ज
  • काँचुली खबर

प्युठानमा कोरोना संक्रमण घट्दै गएको छ । पहिलाको तुलनामा पछिल्ला दिनहरुमा संक्रमित हुनेको संख्यामा कमी आएको छ भने निको हुनेको संख्यामा वृद्धि भएको छ ।

आइतबार प्युठानका एकजनामा मात्र कोरोना संक्रमण देखिएको छ भने, १७ जना संक्रमित कोरोना मुक्त भएर डिस्चार्ज भएका छन ।

स्वास्थ्य कार्यालय प्युठानका अनुसार आइतबार थपिएका एकजना संक्रमितसँगै जिल्लामा हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या २ हजार ८३७ पुगेको छ ।

त्यसैगरी आज जिल्लाका विभिन्न स्थानका १७ जना संक्रमितहरु कोरोना मुक्त भएर डिस्चार्ज भएका छन । योसँगै कोरोना मुक्त हुनेको संख्या २ हजार ५४४ पुगेको छ । जिल्लामा अब २३५ जना सक्रिय संक्रमित रहेका छन ।

कोरोना संक्रमणका कारण प्युठानमा हालसम्म ५८ जनाले ज्यान गुमाएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

  • ३० जेष्ठ २०७८, आईतवार १८:४३ प्रकाशित
  • Nabintech