बन्दाबन्दीको मारमा परेकालाई माओवादी केन्द्रको सहयोग
  • काँचुली खबर

विश्वब्यापी महामारी (कोरोना भाईरस) का कारण लागु बन्दामन्दीको मारमा परेका विपन्न परिवारलाई सहयोग गर्ने अभियानलाई माओवादी केन्द्रले निरन्तरता दिएको छ । कोभिड महामारीका कारण रोजगार बिहिन भएका नेपालगन्ज क्षेत्रभित्रका विपन्न परिवारलाई माओवादी केन्द्रले राहत वितरण गरीरहेको छ । जसअन्तर्गत आईतबार पनि १०० बढि घर परिवारलाई राहत वितरण गरीएको छ ।

आईतबार नेपालगन्ज उपमहानगर अन्तर्गत विभिन्न वडाका सय विपन्न परिवारलाई राहत स्वरूप चामल, दाल, विस्कुट, माक्स लगायतका दैनिक उपभोग्य बस्तु तथा स्वास्थ सामग्री वितरण गरीएको माओवादी केन्द्र नेपालगन्ज उपमहानगर कमिटी अध्यक्ष तथा कोरोना राहत कोषका संयोजक डिल्ली बरालले जानकारी दिए । राहत अभियानलाई नेपालगन्ज उपमहानगरका २३ वटै वडामा प्रभावकारी रुपमा संचालन गर्ने अभिप्रायले हरेक दिन विभिन्न वडाका स्थानियहरुलाई राहत वितरण हुँदै आएको बरालले बताए ।

नेकपा माओवादी केन्द्र बाँकेले ‘कोरोना कोष’ खडा गरि नेपालगन्जको सम्पुर्ण वडामा राहत वितरण अभियान सुरु गरेको माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा नेपालगन्ज ईन्चार्ज अकल बहादुर बमले बताए । दैनिक मजदुरी गर्ने विपन्न समुदायलाई राहत स्वरुप दाल, चामल, नुन, तेल माक्स र सेनिटाईजर वितरण अभियान सुरु गरीएको बमले बताए ।

अभियानको तेस्रो दिन आईतबार १०० बढि मजदुर तथा विपन्न समुदायका ब्यक्तिहरुलाई राहत वितरण गरीएको र यो क्रम जारी रहने बमले जानकारी दिए । यसअघि बिहिबार र शुक्रबार पनि नेपालगन्ज उपमहानगरपालिका अन्तर्गत १ देखी ७ तथा १९ र २० नम्बर वडाका विपन्न तथा असहाय परिवारलाई राहत विरतण गरीसकेको बमले जनाए ।

कोरोनाले भयावह रुप लिएको वेला माओवादी केन्द्रले बाँकेमा बसोबास गर्दै आइरहेका आर्थिक रुपमा कमजोर परिवारलाई नि:शुल्क उपचार, एम्बुलेन्स सेवा तथा नि:शुल्क पिसिआर परिक्षणकालागि समेत पहल गर्दै आएको जनाएको छ ।

आईतबार राहत वितरण कार्यक्रममा नेपालगन्ज ईन्चार्ज बम, उपमहानगरपालिका कमिटि अध्यक्ष बरालका साथै माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य नबिन शर्मा, जिल्ला सचिवालय सदस्य आदेश अग्रवाल लगाएतको सक्रिय सहभागीता रहेको थियो ।

बिपन्नको चुल्हो बाल्ने अभियानमा ‘माओवादी केन्द्र’

  • ३० जेष्ठ २०७८, आईतवार १८:४५ प्रकाशित
  • Nabintech