माओवादीद्धारा ७ सय बढीलाई राहत वितरण
  • काँचुली खबर

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कोहलपुर नगर समितिले सञ्चालन गरेको राहात कोष मार्फत शुक्रबारसम्म ७ सय जना विपन्न तथा असहायलाई राहात बितरण गरिएको छ ।

पार्टी कार्यकर्ता तथा शुभ चिन्तकहरुबाट संकलित राहत बिगत एक महिना देखि माओवादी केन्द्र कोहलपुरले बितरण गर्दै आएको छ । अभियान अन्तर्गत शुक्रबार कोहलपुर वडा नं. २ बिकासनगरका ३० घरपरिवारलाई राहत वितरण गरीएको छ । माओवादी केन्द्रका नेता नरेन्द्र न्यौपानेका अनुसार नगरभित्रका असहाय तथा बिपन्न परिवारलाई राहत वितरण गर्न नगर पार्टीले अभियान संचालन गर्दै आएको छ ।

नेता न्यौपानेका अनुसार एक महिना अघि देखि सुरु गरिएको राहत बितरणका क्रममा ७ सय बढिलाई राहात बितरण गरि सकिएको छ । नेता न्यौपानेका अनुसार माओवादी केन्द्र कोहलपुरले बिपन्न तथा अशक्त असाहयलाई राहात बितरण, कोरोना सक्रमित भएरका तथा मृत्यु भएका परिवारलाई भेटघाट तथा राहात बितरण गरिरहेको छ ।

यसका अलावा मेडिकल कलेज कोहलपुरमा मृत्यु भएकाहरुको नगर पार्टीले नि:शुल्क शव व्यवस्थापन गर्दै आएको न्यौपानेले जानकारी दिए । दाउरा आफैले व्यवस्थापन गरेर निःशुल्क शव व्यवस्थापन गर्दै आएको माओवादी केन्द्र कोहलपुरका सचिव अबिरल खड्काले जानकारी दिए ।

कार्यलयबाट राहात बितरण गर्दै आएकोमा आगामी दिनमा परिवारको अवस्था हेरेर घरमै पुगेर राहात बितरण गर्ने कार्यक्रम तय गरीएको खड्काले जानकारी दिए ।

  • २८ जेष्ठ २०७८, शुक्रबार १७:५५ प्रकाशित
  • Nabintech