राप्रपा अध्यक्षमा धवल शमशेरको दाबी
  • काँचुली खबर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को अन्तरविरोधमा नयाँ ‘ट्वीस्ट’ आएको छ । अब कमल थापा, पशुपति शमशेर राणा र डा. प्रकाशचन्द्र लोहनी तीनै अध्यक्षबाट पार्टी चल्न नसक्ने भन्दै दोस्रो पुस्ताका नेताहरुले डा. धवल समशेर राणालाई अध्यक्षका रुपमा अगाडि सारेका छन् । राणाले पनि आफू नेतृत्वका लागि तयार भैसकेको बताएका छन् ।

नेतृत्वमा रहेका पुराना पुस्ताका नेताहरुबाट पार्टीलाई वैकल्पिक शक्तिका रुपमा उभ्याउन सम्भव नहुने निष्कर्षका साथ धवलसमशेरलगायत दोस्रो पुस्ताका नेताहरु नेतृत्व परिवर्तनको छलफलमा जुटेका छन् ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

आगामी महाधिवशेनबाट राणालाई अध्यक्ष बनाउने गृहकार्यमा दोस्रो पुस्ताका नेताहरु जुटेका हुन् । हाल नेपालगञ्ज उपमहानगरपालिकाको मेयरसमेत रहेका धवलशमशेरले पार्टी नेतृत्वको कार्यशैलीबाट आफू सन्तुष्ट हुन नसकेको रातोपाटीलाई बताए ।

लुम्बिनी प्रदेशमा जेठ १७ गते राष्ट्रियसभाको उपचुनाव हुँदा मतदान बहिस्कार गरेका राणाले भने, ‘वागमतीका एमालेका उम्मेदवार बादलजीलाई भोट हालेकोमा पार्टीका कार्यकर्तामा असन्तुष्टि थियो ।’

आगामी महाधिवेशनमा राप्रपाको नेतृत्वमा आफ्नो दावेदारी स्वाभाविकरुपमा नेतृत्वमा रहने र यसमा पार्टीका युवा नेताहरुले साथ र समर्थन गर्ने राणाको दाबी छ । ‘स्वाभाविकरुपमा मेरो दावेदारी रहन्छ । म नेतृत्व सम्हाल्न सक्छु’ राणाले भने, ‘म हरेक किसिमले तयार भइसकेँ, पार्टीको दुईपटक महामन्त्री भइसकेँ, हरेक किसिमले म नेतृत्व सम्हाल्न तयार छु ।’

पार्टीका दुई अध्यक्ष लोहनी र राणालाई अल्छी घोडाको संज्ञा दिँदै सार्वजनिकरुपमै टिकाटिप्पणी गर्ने कमल थापा पनि असफल सिद्ध भइसकेको राणाको आरोप छ ।

राप्रपामा पुराना पुस्ताका नेताहरुलाई बिदा गरेर समय सुहाउँदो नेतृत्व विकास गरी अघि बढ्नुपर्ने भन्दै विघटित प्रतिनिधिसभाका सदस्य राजेन्द्र लिङदेन र डा। धवल शमशेर राणासहित नेताहरु लागि परेको बुझिएको छ । यसमा विक्रम पाण्डे, दिलनाथ गिरी, ध्रुवबहादुर प्रधान, दिनेश श्रेष्ठ, राजाराम श्रेष्ठ, राजेन्द्र गुरुङ, सगुन सुन्दर लावती लगायतका नेताहरु सक्रिय बनेर देशव्यापीरुपमा माहोल बनाउन लागिपरेको नेताहरु बताउँछन् ।

राप्रपा नेता दिलनाथ गिरीले युवापुस्तालाई नेतृत्वको अवसर शीर्ष नेताहरुले नै दिनुपर्ने भन्दै अब यसमा ढिलाइ गर्न नहुने बताए । उनले अबको महाधिवेशनमा युवा पुस्ताको बढीभन्दा बढी प्रतिनिधित्व हुनुपर्नेमा पनि जोड दिए । रातोपाटीबाट

  • २८ जेष्ठ २०७८, शुक्रबार ०९:२१ प्रकाशित
  • Nabintech