एमाले बाँकेले जिल्ला सचिवालय सदस्य सुर्य ढकाललाई कारबाही गरेको छ । ७ औं जिल्ला अधिवेशनबाट निर्वाचित नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले सचिवालय सदस्य सुर्य ढकाललाई २४ घण्टे स्पष्टिकरण सोधेका थिए । निर्धारित समयभित्र स्पष्टिकरण नदिएको भन्दै ढकाललाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरीएको हो ।
एमालेको जिल्ला अधिवेशनबाट निर्वाचित नेतृत्व र कमिटीलाई बेवास्ता गर्दै पार्टी विधि, विधान, पद्धति र आचरण विपरित आफुलाई अध्यक्ष स्वघोषणा गरि पार्टीमा समानान्तर गतिविधी गरेको, पार्टीको आन्तरिक एकतालाई कमजोर बनाएको र पार्टीको लेटर प्याड, छाप, झण्डाको दुरुपयोग समेत गरेको भन्दै ढकाललाई स्पष्टिकरण सोधिएको थियो । जेष्ठ २४ गते २४ घण्टे स्पष्टिकरण सोधिएकोमा त्यसको कुनै जवाफ नआएपछि पार्टीको विधान तथा नियमावलीमा भएको व्यवस्था अनुसार कारबाही गरीएको एमाले बाँकेले जनाएको छ ।
वर्गीकृत विज्ञापन
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
विज्ञापनको लागि
“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”
सम्पर्क : 9848220378
एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाका अनुसार ढकाललाई एक वर्षसम्मकालागि साधारण सदस्य समेत नरहने गरी कारबाही गरीएको हो । एमालेको ७ औं जिल्ला अधिवेशनमा ढकाल एमाले बाँकेका सचिव रत्न खत्रीसँग पराजित भएका थिए ।

२८ जेष्ठ २०७८, शुक्रबार ०९:०२ प्रकाशित