अर्घाखाँचीको भुमिकास्थानमा जीप दुर्घटना हुँदा चालकको मृत्युु
  • काँचुली खबर

अर्घाखाँचीमा गएराती जीप दुर्घटना भएको छ । दुर्घटनामा परी जीप चालकको मृत्यु भएको छ ।

अर्घाखाँचीको भुमिकास्थान नगरपालिका वडा नम्बर ९, चियानडाँडामा भएको दुर्घटनामा परी सोही ठाउँका जीप चालक ३० बर्षिय रामबहादुर नेपालीको मृत्यु भएको वडा अध्यक्ष नारायण प्रसाद खनालले जानकारी दिए ।

भुमिकास्थानको डेभाबाट बसन्तपानी जाँदै गरेको लु१च ६१६८ नम्बरको डबल क्याब जीप सडकबाट ४० मीटर तल खसेर दुर्घटनामा परेको थियो । गाडीधनीको घर डेभाबाट बसन्तपानी जाने भन्दै चालकले उक्त जीप एक्लै लगेर गएका थिए ।

गएराती दुर्घटनामा परेको उक्त जीप र मृतअवस्थामा रहेका चालक नेपालीलाई स्थानीयले आज बिहान मात्र देखेका थिए । बिहान ७ बजे स्थानीयले घटनाबारे प्रहरीलाई जानकारी गराएपछि प्रहरी घटनास्थल पुगेको थियो । घटनास्थलबाट अहिले मृतकको शवलाई पोष्ट्मार्टमका लागि जिल्ला अस्पताल सन्धिखर्क लैजाने तयारी भैरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी गणेश खनालले बताए ।

तीब्र गतिका कारण अनियन्त्रित भइ जीप दुर्घटना भएको हुन सक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

  • २७ जेष्ठ २०७८, बिहीबार ११:०२ प्रकाशित
  • Nabintech