कोरोना बिरुद्धको खोप खरीद गर्ने नेपालगन्ज उपमहानगरपालिकाको निर्णय
  • काँचुली खबर

नेपालगन्ज उप-महानगरपालिकाले सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन आवश्यक पहल गर्ने निर्णय गरेको छ । नगरप्रमुख डा धवलशम्शेर राणाको अध्यक्षतामा बुधबार बसेको नगर कार्यपालिका बैठकले सरकारले अनुमति दिएमा नगरबासीका लागि आवश्यक खोप खरिद गर्ने निर्णय गरेको छ ।

बैठकले हिमानी कोषले नेपालगन्जका लागि आवश्यक जोनसन एण्ड जोनसन कम्पनीको खोप निःशुल्क उपलब्ध गराउन प्रस्ताव गरे अनुसार सो प्रस्ताव स्वीकृति गर्ने निर्णय गरेको छ । हिमानी कोषले नेपालगन्जका लागि आवश्यक खोप उपलब्ध गराउन सक्ने प्रस्ताव नेपालगन्ज उपमहानगरलाई गरेको छ ।

नगर उपप्रमुख उमा थापा मगरका अनुसार छिटो भन्दा छिटो सम्पूर्ण नगरबासीलाई कोभिड-१९ विरुद्धको खोप उपलब्ध गराउन उप-महानगरले पहल गर्न थालेको हो। कोभिड विरुद्धको खोप अन्य संघ संस्थाले पनि उपलब्ध गराउन चाहेमा स्वीकृती दिने समेत बैठकले निर्णय गरेको छ ।

नेपालगन्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालका अनुसार बैठकले सरकारलाई छिटो भन्दा छिटो कोभिड विरुद्धको खोप उपलब्ध गराउन माग समेत गरेको छ ।

  • २६ जेष्ठ २०७८, बुधबार १९:०८ प्रकाशित
  • Nabintech