१२ बैशाख २०८१, बुधबार
अन्ततः अर्जेन्टिना विश्वकपको अन्तिम १६ मा
  • काँचुली खबर

काठमाडौं । लियोनेल मेसी नेतृत्वको अर्जेटिना विश्वकप फटबल प्रतियोगिताको नकआउट चरणमा प्रवेश गरेको छ ।

मंगलबार राती भएको नाइजेरियाविरुद्धको खेलमा चाहे अनुसारको परिणाम निकाल्दै अर्जेटिना विश्वकप फुटबल प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको हो । नकआउट चरणमा पु¥याउनका लागि कप्तान लियोनेल मेसी खेलको १४ औँ मिनेटमा उत्कृष्ट गोल गरे ।

८६ औँ मिनेटमा ग्याब्रिएल मेर्काडोको पासमा डिफेन्डर मार्कोस रोहोले उत्कृष्ट गोल गरेपछि अर्जेटिनाले विश्वकपको अन्तिम १६ मा पनि पुग्यो । क्रोएसिया समूह चरणका ३ खेल जित्दै ९ अंकका साथ समूह विजेता भएको छ भने अर्जेटिना ४ अंकसहित समूह उपविजेता भएको छ । यो समूहमा ३ अंक बोकेको नाइजेरिया तेस्रो र १ अंक बोकेको आइसल्यान्ड अन्तिममा रह्यो । नाइजेरिया र आइसल्यान्ड घर फर्किने भएका छन् । समूह ‘सी’ अन्तर्गत मंगलबार राति भएको समूहगत चरणको अन्तिम खेलमा फ्रान्सलाई गोलरहित बराबरमिा रोक्दै डेनमार्कले अन्तिम १६ मा स्थान बनाएको छ ।यस्तै, समूह सी अन्तर्गत समूह चरणको अन्तिम खेलमा पेरुले अस्ट्रेलियाविरुद्ध शानदार प्रदर्शन गरेको छ। रुस विश्वकपको अन्तिम १६ मा प्रवेश गर्ने सम्भावना बोकेको अस्ट्रेलिया दुई खेलबाटै बाहिरिसकेको पेरुसँग २–० ले पराजित भएको हो ।

नराम्रो हार खाएपछि अर्को म्याचमा बराबरी खेलेका फ्रान्स विजेता र डेनमार्क उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेका छन्। आज सॉझ ७ः४५ बजे कोरिया र जर्मनी तथा मेक्सिको र स्वीडेन र राती ११ः४५ बजे सर्वीया र ब्राजिल तथा स्विट्जरल्याण्ड र कोष्टारिका बीच खेल हुनेछ ।

  • १३ असार २०७५, बुधबार ०९:४४ प्रकाशित
  • Nabintech