फाइल फोटो
बाँकेका विभिन्न अस्पतालमा उपचाररत थप ३ संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेका १, प्युठानका १, र बर्दियाका १, जना रहेका छन ।
जिल्ला कोभिड व्यवस्थापन समिती बाँकेका फोकल पर्सन तेज ओलीका अनुसार, कोहलपुर नगरपालिका ६, बाँकेकी ४० बर्षिया महिलाको हिजो बेलुका ५:२० बजे भेरी अस्पताल नेपालगन्जमा, प्युठान नगरपालिका ६, प्युठानका ७२ बर्षिय पुरुषको हिजो बेलुका ६:३० बजे मेडिकल कलेज कोहलपुरमा र राजापुर नगरपालिका ७, बर्दियाका ८० बर्षिया महिलाको भेरी अस्पतालमा आज बिहान ४:०० बजे मृत्युु भएको हो ।
योसँगै बाँकेमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६२८ पुगेको छ । जसमध्ये, ३०४ जना बाँकेका हुन भने, ३२४ जना बाहिरी जिल्लाका हुन ।
२६ जेष्ठ २०७८, बुधबार ०८:०५ प्रकाशित