नेपालगन्जमा ६२ देखि ६४ बर्षका नागरिकलाई जेठ २६ गते खोप लगाइँदै
  • काँचुली खबर

नेपालगन्जमा ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई कोरोना बिरुद्धको पहिलो मात्राको खोप यहि जेठ २६ गते लगाइँदै छ ।

नेपालगन्ज उपमहानगरपालिका अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा जेठ २६ गते एकदिन मात्र कोरोना बिरुद्धको भेरोसेल खोप लगाउने तयारी गरिएको नेपालगन्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले जानकारी दिए ।

वर्गीकृत विज्ञापन

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

यसअघि ६० देखी ६४ बर्ष उमेर समुहका लागि खोप लगाइने भनेर भनिएता पनि हाल स्वास्थ्य सेवा बिभाग परिवार कल्याण महाशाखाबाट उपलब्ध भ्याक्सिनबाट दोश्रो मात्राको सुनिश्चितता गरि लगाउनु पर्ने भएकोले एकाएक लक्षित समूह परिवर्तन भएको व्यहोरा जानकारी प्राप्त भए अनुसार र कोभिड १९ जिल्ला खोप समन्वय तथा अनुगमन समितिको निर्णय अनुसार ६२ देखि ६४ बर्ष उमेर समुहका नागरिकलाई खोप लगाउन लागिएको चन्दले बताए ।

खोप लगाउनका लागि यहि जेठ २६ गते नगर अन्तर्गतका सम्पुर्ण स्वास्थ्य संस्थाहरुमा बिहान १० बजेदेखि दिउँसो ४ बजेसम्म नागरिकता वा उमेर खुल्ने परिचयपत्र लिएर आउनुपर्ने बताइएको छ ।

  • २४ जेष्ठ २०७८, सोमबार १७:०५ प्रकाशित
  • Nabintech