विश्वासको मत लिँदै मुख्यमन्त्री भट्ट
  • काँचुली खबर

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत लिने भएका छन । उनले मंगलबारसम्ममा विश्वासको मत लिने बताइएको छ । सर्वोच्चको फैसला पछि नेकपा पार्टी विभाजित भइसकेको तथा एमालेले समर्थन फिर्ता लिएको अवस्थामा कानुनी रुपमा विश्वासको मत लिनु पर्ने भएकाले मुख्यमन्त्रीले विश्वासको मत लिन लागेको माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक अक्कल रावलले जानकारी दिए ।

विपक्षीसँगको छलफलपछि आजै नभए मंगलबार मुख्यमन्त्रीले प्रदेश सभाको बैठकमा विश्वासको मत लिने उनले बताए ।

वर्गीकृत विज्ञापन

निर्माणका लागि

“निर्माण सम्बन्धि सम्पुर्ण कामकाे लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : ९८५६०३९६०२

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

विज्ञापनको लागि

“विज्ञापनको लागि हामीलाई सम्पर्क गर्नुहोस्”

सम्पर्क : 9848220378

शुक्रबारदेखि शुरु भएको प्रदेश सभा बैठकमा ओली पक्षका प्रदेश सभा सदस्य पठान सिंह बोहोराले नेकपा एमालेले मुख्यमन्त्री लाई दिएको समर्थन फिर्ता गरिसकेको जानकारी गराएका थिए । तर एमालेकै माधव नेपाल पक्षको भने सरकारलाई समर्थन छ ।

मुख्यमन्त्रीले विश्वासको मत लिने सूचना प्रदेश सभाको सचिवालयमा दर्ता भइसकेको रावलले बताए । मुख्यमन्त्री भट्टलाई माधव पक्षका १८ जना प्रदेशसभा सदस्यको समर्थन रहँदै आएको छ ।

यसैबीच नेकपा एमाले ओली पक्षका प्रदेश सभा सदस्य रतन थापाले बैठक बसिरहेको र मुख्यमन्त्रीले लिन थालेको विश्वासको मतको बारेमा केही घण्टापछि थाहा हुने जानकारी दिए ।

  • २४ जेष्ठ २०७८, सोमबार १३:५८ प्रकाशित
  • Nabintech